ताजा अपडेट

शिव पन्चायन मन्दिर जस्पुरमा चैत १८ गते हुने भजनकृतन कार्यक्रममा आर्थिक सहयोग आयो

होलेरी- शिव पन्चायन मन्दिर रुन्टीगढी ५ जस्पुरमा यही चैत १८ गते आयोजना हुन गइरहेको सामुहिक भजन कृतन कार्यक्रमका लागि एक दाताबाट १० हजार एकाउन्न रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।

भजन कृतन कार्यक्रममा भागवत वाचक एवं वैदिक सनातन हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष समेत रहेका पण्डित सूर्यभक्त गुरागाईँ आउँने उक्त कार्यक्रमको ब्यबस्थापनका लागि भनेर रुन्टीगढी ५,साविक दुबिडाँडा गाविस वडा नं १ सैवन घर भइ हाल दाङको घोराही रतनपुर वसोवास गर्दै आएका समाजसेवी हेमन्त कुमार बुढाथोकीले आफ्नो र परिवारको तर्फबाट शिव पन्चायन मन्दिर संरक्षण समितिलाई होलेरी खबरमार्फत नगद १० हजार एकाउन्न रुपैयाँ सहयोग प्रदान गरेका हुन्।उक्त सहयोग एवं दान रकम बिहिवार होलेरी खबरका सञ्चालक एवं प्रस्तोता नन्दराम खड्काले मन्दिर निर्माण एवं संरक्षण समितिका पण्डित रुद्रमणी शुवेदी,निवर्तमान ५ नं वडा अध्यक्ष तथा समाजसेवी एवं धार्मिक अभियन्ता यामबहादुर दशौदी र समाजसेवी,योग साधाक तथा धार्मिक ब्यक्तित्व सुकवीर घर्तीलाई जस्पुरस्थित मन्दिर परिसर मै पुगेर हस्तान्तरण गरेका हुन् ।

सहयोग ग्रहण गर्दै पण्डित रुद्रमणी शुवेदीले पुण्यकर्ममा  सहयोग गर्ने सहयोगी ब्यक्ति बुढाथोकीप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस