ताजा अपडेट

रोल्पाको त्रिबेणी गाउँपालिका ७ तिला स्वास्थ्यचौकी  भवनको सार्बजनिक सुनुवाइ भएन

रोल्पा- रोल्पाको त्रिबेणी गाउँपालिका-७ तिलामा स्वास्थ्यचौकी भवन निर्माणार्थ जग्गा खरिद गर्ने भनेर सहयोगी आग्रह गरिएकोमा थुप्रै सहयोगीहरुबाट सहयोग रकम सङ्कलन गरि जग्गा खरिद समेत गरेर स्वास्थ्य चौकी भवन निर्माण समेत भैसकेको छ।

तर हालसम्म नव निर्मित स्वास्थ्यचौकी भवनको न उद्घाटन भएको छ, न त जग्गा खरिदमा के कति रकम खर्च भएको छ भनेर समुदायमा जानकारी नै दिइएको छ। सार्बजनिक सुनुवाइ नभएकाले सङ्कलक प्रति जनताले बिबिध टिकाटिप्पणी गर्न थालेका छन् । वडा अध्यक्ष भानबहादुर घर्ती सहयोग सङ्कलन समितिका संयोजक रहेका छन् । हालका वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष बिच खासै सम्बन्ध राम्रो नभएकाले गैरीगाउँले अपेक्षाकृत बिकास नपाएको एक सहयोगी दाताले आशंका व्यक्त गरे। स्वास्थ्य चौकीको भवनमा देखिने गरि शिलालेखमा नामाङ्करण गर्ने बाचा गरिएको बताउँदै हालसम्म पनि भवन उद्घाटन नहुनुमा सहयोगी दाताहरू सशंकित बन्न थालेको बताएका छन् ।

संघीय सरकारको एक करोड ५० लाखमार्फत बजेटद्वारा निर्माण कार्य शुरूवात गरिएको उक्त भवनमा ढिला सम्झौता भएर १ करोड बजेटको मात्रै कार्य भएको र भवन निर्माण गर्न ३ वर्षको समय लागेको सहयोग संकलक समिति संयोजक एवं त्रिवेणी ७ का वडा अध्यक्ष भानबहादुर घर्तीले बताए । पछि उक्त भवन निर्माण सम्पन्न गर्न त्रिवेणी गाउँपालिकाले ३७ लाख बजेट थप गरेको उनले जानकारी दिए ।जग्गा खरिद गर्नका लागि दाताहरूबाट सहयोग संकलन गर्न संकलन गरिएको सहयोग विवरण र लेखाजोखा छिटै नै सार्वजनिक गर्ने वडा अध्यक्ष घर्तीको भनाई रहेको छ ।जग्गा १० लाख रुपैयाँमा खरिद गरिएको र जग्गा पास गर्दासम्म पैसो अपुग भएर ७० हजार ऋण कर्जा गरिएको उनको भनाई रहेको छ ।तर त्यसपछि पनि थप दाताहरुले सहयोग गरेकाले करिब ३०/३५ हजार रुपैयाँ जति बचत भएको उनको भनाई रहेको छ।शिलालेख लेख्ने तयारी भइरहेको तर फिल्ड अभावका कारण फिल्ड ब्यबस्थापन गरेर भवन उद्घाटन गर्ने वडा अध्यक्ष घर्तीले जानकारी दिए ।

जवाफदेही बन्नु पर्ने जनप्रतिनिधिहरु नै अभियन्ता रहेका सामाजिक अभियानहरुमा समयमै जवाफदेहिता र पारदर्शीता हुने गरि कार्य सम्पादन गर्नु पर्ने  स्थानीयहरुको राय रहेको छ ।

प्रतिक्रिया दिनुहोस