होलेरी- गत असोज महिनादेखि दङको लुम्बिनी अटो मोबाइल्स ग्यारेजमा मर्मतको पर्खाइमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको एम्बुलेन्स मर्मत गर्ने वा नगर्नेबारे
स्थानीय सरकार रुन्टीगढीले आफ्नो कुनै आधिकारिक धारणा सार्वजनिक गर्न सकिरहेको छैन ।
गत वर्ष देखि प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्समा समस्या आउँदा त्यसको मर्मतसंहार स्थानिय सरकारले नै गर्दै आएको थियो ।तर यसपालि इन्जनमा नै समस्या आएर एक लाख रुपैयाँ बढी मर्मत खर्च लाग्ने भएपछि आकस्मिक सवारीप्रति स्थानीय सरकारले देखाएको निरासा र उदासीनताले नागरिकमा शास्ति र चिन्ता दुबै बढाएको छ ।
मुलुकमा संघीयतामा कार्यान्वयन भएपछि `गाउँ गाउँमा सिंह दरबार´ भन्ने नारासहित स्थानिय तहहरुको स्थापना भएको थियो ।लोकतन्त्रमा नागरिकहरुका अधिकारसंग जोडिएका प्रत्येक विषयहरूले महत्व राख्ने गर्दछन्।स्थानीय सरकारसंग नागरिकहरुका चासोका सवालहरुमा स्पष्ट जवाफदेहिता र पार्दर्शिता हुनु पर्दछ ।तर स्थानीय सरकार रुन्टीगढी ६ महिना बढी देखि एम्बुलेन्स ग्यारेजमा थन्क्याएर मौनताको अस्त्र प्रयोग गरेको छ ।रुन्टीगढीमा एउटा मात्रै आकस्मिक सवारीका रुपमा रहेको उक्त एम्बुलेन्स कुनै स्थानीय तहले खरिद गरेको भने होईन । नेपाल- भारत सहयोग अर्थात भारत सरकारले अनुदानमा दिएको हो ।स्थानीय तह स्थापना भएको ८ वष वितिसक्दा पनि रुन्टीगढी स्थानीय तहले नागरिकको सहजताका लागि एउटा पनि आकस्मिक सवारी एम्बुलेन्स खरिद गर्न सकेन भने पछिल्लो समय अनुदानमा प्राप्त एम्बुलेन्स समेत मर्मत गर्न सकिरहेको छैन ।तर यसका शाथै पुरा नै मर्मत गर्ने वा नयाँ खरिद गरेर जनतालाई सेवा सुविधा प्रदान गर्ने भन्ने स्पष्ट धारणा सार्वजनिक समेत गर्न सकिरहेको छैन ।
पालिकामा असंख्य मोटरसाइकल,अध्यक्ष चढ्ने स्कर्पिओ र जेसेवी डोजर समेत सञ्चालन गरिरहेको रुन्टीगढीले एउटा एम्बुलेन्स मर्मत गरेर सञ्चालन गर्न नसक्दा नागरिकहरुमा थप निराशा बढिरहेको छ।