ताजा अपडेट

हिजो एमालेले रुन्टीगढीमा एउटा मात्रै देखिने काम गरेको भए राजनीति छोड्छु :अध्यक्ष जनक पुन

होलेरी- नेपाली काङ्ग्रेस रुन्टीगढी जनक पुनले अघिल्लो २०७४ को नेकपा(एमाले)नेतृत्व स्थानीय सरकारले देखिने गरि एउटा काम गरेको कसैले देखाउँ भने आफूले राजनीति छोड्ने दावी गरेका छन् ।

बुधबार रुन्टीगढीको सभाहलमा आयोजित नेपाल तरुण दलको पूर्णकालिन सदस्य वितरण कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो बताएका हुन् । अध्यक्ष पुनले आफूहरू निर्वाचित बनेपछि रुन्टीगढीका ९ वडाका २ सय २२ टोलहरु प्रत्येकमा के-के काम गरिए आफूहरूले बताउँन सक्ने ठोकुवा गरेका हुन् । आगलागी जस्ता प्राकृतिक प्रकोपमा आफूहरू स्वयं पुगेर नागरिकलाई मद्दत गरेको बताए ।अघिल्लो एमाले सरकारको पालामा कुनैपनि जनप्रतिनिधि प्राकृतिक प्रकोप बखत नागरिकका घर आगनमा पुग्न नसकेको बताएका हुन् ।

रुन्टीगढीमा नेकपा एमाले र माओवादीबाट वडा स्तरीय नेतृत्व देखि पालिका हुँदै जिल्ला स्तरीय नेताहरूले बिगत ३ वर्षमा काङ्ग्रेस नेतृत्व स्थानीय सरकारको कार्यबाट प्रभावित बनेर काङ्ग्रेस प्रवेश गरिरहेको उनले बताएका हुन् ।पछिल्लो समय सामाजिक संजालमा स्थानीय सरकारका गतिविधि विरुद्ध मनपरि लेखिएको भन्दै पालिका अध्यक्ष पुनले आफ्ना कार्यकर्ताहरुलाई त्यसको प्रतिकार गरेर काङ्ग्रेसले गरेका कामहरूको प्रचारप्रसार गर्न निर्देशन समेत दिएका छन् ।

तस्वीर : सामाजिक संजाल

प्रतिक्रिया दिनुहोस