ताजा अपडेट

रुन्टीगढीमा शक्ति संघर्षमा काङ्ग्रेस-एमाले,तटस्थ माओवादी

होलेरी- प्रमुख ३ ठुला दल नेपाली काङ्ग्रेस,नेकपा (एमाले) र नेकपा(माओवादी)केन्द्रको वर्चस्व रहेको रोल्पाको रुन्टीगढी गाउँपालिकामा सत्तासीन दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले) पछिल्लो समय शक्ति संघर्षमा आमने सामने हुन थालेका छन् ।

एकले अर्काको उछितो काढ्ने देखि पार्टी प्रवेश गराउँने होडबाजीमा नेपाली काङ्ग्रेस र नेकपा एमाले रुन्टीगढी सक्रिय देखिन्छन् ।रुन्टीगढीमा २०७४ को तत्कालीन स्थानीय निर्वाचनद्वारा एमालेले पालिका नेतृत्व गरेको थियो भने २०७९ सालको स्थानीय निर्वाचनबाट नेपाली काङ्ग्रेसले पालिकाको नेतृत्व गरिरहेको छ ।हाल यी दुई दलको देशभर गठबन्धन सरकार समेत रहेको छ ।रुन्टीगढीमा भने काङ्ग्रेस र एमाले जनतामाझबाट  एकले अर्काको अस्तित्व मेट्ने देखि शक्ति संघर्षसम्मको अभ्यासमा देखिन्छन् ।

शुक्रवार रुन्टीगढी नेपाली काङ्ग्रेस सभापति एवं गाउँपालिका अध्यक्ष जनक पुनले आफ्नो सामाजिक संजाल फेशबूकमार्फत एउटा रोचक संदेश दिए ।रुन्टीगढी ५ वाइजाबाट पार्टी प्रवेश गराएको फोटो सार्वजनिक गर्दै एमाले रित्तिएको तथा वाइजा गाउँ एमाले मुक्त बनाएको कुरा सार्वजनिक गराए ।बहुदलीय लोकतान्त्रिक प्रणालीमा जनताले पार्टी फेरबदल गर्नुले राजनैतिक महत्व राख्ने भएपनि अध्यक्ष पुनले एमालेप्रति लक्षित गरेर तिखो कटाक्ष गरे ।उनको लेखाईमार्फत उनी रुन्टीगढीलाई एमालेमुक्त बनाउँने अभ्यासमा उनी देखिन्छन् ।

सभापति पुनको सामाजिक संजालबाट

उता नेकपा एमालेले पनि विभिन्न समयमा काङ्ग्रेसका कार्यकर्ता तथा समर्थकरु आफ्नो पार्टीमा प्रवेश गराएर सामाजिक संजालमा राखि रहेको हुन्छ ।अहिले सामाजिक संजाल देखि सभा सम्मेलनहरुमा विषयवस्तु नै विर्शिएर काङ्ग्रेस र एमालेका स्थानीय नेताहरुको कडा राजनैतिक पट्टाछेपका दोहोरी चलिरहेको हुन्छ ।केन्द्र र प्रदेशमा सहकार्य गरिरहेका यी दुई दल रुन्टीगढी रोल्पामा भने एकअर्काको ठिक विपरीत धुर्वमा देखिन्छन् ।रुन्टीगढीमा काङ्ग्रेस र एमाले ८४ को निर्वाचनको संघर्षमा रहेको देखिन्छन् ।

२०७९ को निर्वाचनबाट तेस्रोबाट रुन्टीगढीमा दोस्रो स्थान हासिल गरेको नेकपा (माओवादी)केन्द्र भने राजनैतिक गतिविधिहरुमा तटस्थ जस्तै बनिरहेको छ ।आफ्नै आधार ईलाका जिल्लामा रुन्टीगढी माओवादी तटस्थ देखिन्छ ।

प्रतिक्रिया दिनुहोस