काठमाडौँ- ‘२०औँ हेड अफ एनसीबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नेतृत्वको टोली बुधबार स्वदेश फर्किएको छ ।
एआईजी थापा र एसपी कोमल शाह उक्त कार्यक्रममा भाग लिई आज बिहान स्वदेश फिर्ता भएका हुन् ।
हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा सिनारियो अफ क्राइम एगेन्स्ट चाइल्ड विषय लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारीहरू बिच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल भएको थियो ।
उक्त कन्फरेन्समा नेपालको तर्फबाट सिनारियो अफ क्राइम एगेन्स्ट चाइल्ड इन नेपाल विषयमा प्रस्तुतीकरण गरेको थियो ।
१४० राष्ट्रका ३०० प्रतिनिधिहरुले उक्त ‘हेड अफ एनसीबी कन्फरेन्स’ मा भाग लिइरहेका थिए ।
यो कार्यक्रम इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा माघ २९ देखि फागुन १ गते गतेसम्म सञ्चालन भएको थियो ।