काठमाडौं- नेपालमा टिकटक बन्द हुने भएको छ।
प्राविधिक काम सकेर सोमबारदेखिनै सामाजिक सञ्जाल टिकटक बन्द हुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठको भनाई रहेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो।