ताजा अपडेट

रुन्टीगढी ९ को धारेखोला लिफ्टिङ खानेपानी योजनाको अझै भुक्तानी भएन,पीडामा मज्दुर

होलेरी- गत वर्ष २०८०/८१ मा रुन्टीगढी ९ सर्पालस्थित धारेखोलाको लिफ्टिङ खानेपानी योजनाको स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाको कार्यालयबाट भुक्तानी नहुँदा उक्त योजनामा मज्दुरी गरेका मज्दुरहरु पीडामा रहेका छन् ।

उपभोक्ता समिति अध्यक्ष लोकबहादुर थापाका अनुसार कुल ४ लाख रुपैयाँको उक्त योजनाको गत असार मै भुक्तानी गरिसक्नु पर्ने थियो ।गत जेठबाट शुरूवात गरिएको योजनाको अन्तिम कार्य असारमा वर्षात भएकाले असार मसान्तसम्म सम्पन्न हुन सकेन ।त्यस यता आफूहरूले बारम्बार अनुरोध गरिसक्दा पनि रुन्टीगढी गाउँपालिकाबाट प्राविधिक बाहेक अनुगमन समिति संयोजक समेत रहेकि पालिका उपाध्यक्ष सरिता के.सी.ले अनुगमन गर्न नगएकाले भुक्तानी नै संकटमा परिरहेको उनले बताए ।

उक्त योजना भुक्तानी नहुँदा सबैभन्दा बढी मर्कामा श्रमिक मज्दुरहरु परेका छन् ।उक्त योजना सम्पन्न गर्न एक महिना भन्दा बढी मज्दुरी गरेका स्थानीय मज्दुर रेशम रोकाकाले दिन हुँदै महिना गणना गरे बस्दा पनि आफ्नै श्रमको पैसो नपाइएको दुखेसो पोखे ।

यता पालिका उपाध्यक्ष सरिता के.सी.ले भने आफू उपभोक्तालाई जानकारी नहुने गरि धारे खोला योजनाको अनुगमन गरि सकेको दावी गर्दै उपभोक्ता समितिले समयमा काम सम्पन्न नगरेकाले भुक्तानी ढिलाइ भएको बताइन् ।उपभोक्ताले समय मै काम सम्पन्न गर्न नसनू संगै पुरानो मोटर जडान गरेकाले भुक्तानी रोकिएको बताउँदै यहि फागुन ९ गतेभित्र आफू अनुगमनमा जाने जानकारी दिइन्।

धारेखोलाबाट सर्पाल गाउँको रिजर्भाइव ट्यांकिमा भने लिफ्टिङ सिस्टममार्फत पानी प्रवाह भइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस