ताजा अपडेट

ड्रिम सक्सेस एजुकेसन कन्सल्टेन्सी दाङद्वारा जेष्ठ नागरिक सरोकार केन्द्रमा खाद्यान्न सहयोग

दाङ– घोराही १५  स्थित सञ्चालनमा रहेको ड्रिम सक्सेस एजुकेसन कन्सल्टेन्सीले घोराही १६ तेरोटेमा रहेको जेष्ठ नागरिक सरोकार केन्द्रमा खाद्यान्न सहयोग गरेको छ।

संस्थाका संस्थापक कमल वि.क.को जन्मदिनको अवसर पारेर सनिबार कन्सल्टेन्सीका विद्यार्थी र कर्मचारीहरु जेष्ठ नागरिक सरोकार केन्द्रमा पुगेर जेष्ठ नागरिकहरुलाई खाद्यान्नका सामाग्रीहरु दाल,चामल,चिनी लगायत विस्कुटहरु वितरणमा गरिएको संस्थाका प्रवन्धक राजन घर्ती मगरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस