ताजा अपडेट

फागुन १ गते आज नेकपा (माओवादी)केन्द्र रुन्टीगढी गाउँ कमिटीले मनायो जनयुद्ध दिवस

होलेरी- फागुन १ गते आज नेकपा (माओवादी)केन्द्र रुन्टीगढी गाउँ कमिटीले जनयुद्ध दिवस मनाएको छ।

तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते होलेरीको तत्कालीन प्रहरी चौकी आक्रमण गरि देशभर द्वन्द्वको उद्घोष गरेको थियो।हाल उक्त स्थानमा शान्ति स्मारिका निर्माण गरिएको छ।बिहीवार उक्त स्थानमा एक कार्यक्रमबिच शुभकामना आदनप्रदान कार्यक्रम गरिएको हो ।

जनयुद्ध दिवसको शुभकामना दिदै पालिका इन्चार्ज एवं लुम्बिनी प्रदेश कमिटी सदस्य गोबिन्द पुन(नजर)ले महान जनयुद्धले देशभरका श्रमजीवी सर्वहारा वर्गको उत्थानका लागि योगदान पुर्याएको बताएका छन् ।सहिदहरुप्रति श्रद्धा सुमन व्यक्त गर्दै जनयुद्धलाई कसैले स्विकार नगर्दैमा इतिहास नमिटिने दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस