होलेरी- हिउँद लागेसंगै रोल्पाको रुन्टीगढी २ लामिडाँडामा खानेपानीको हाहाकार मच्चिएको छ ।
६० घरधुरी भन्दा माथीको बसोबास रहेको लामिडाँडा गाउँमा बर्षा याममा पानीको त्यति समस्या हुँदैन ।तर हिउँ लागेपछि भने पानीको मुहान घटेर खानेपानीको काकाकुल हुन थाल्छ ।सनिबार बिहानै देखि गाउँ देखि ३०० मिटर दुरीमा अबस्थित सबैभन्दा नजिकको भयरीपानी मुहानमा निर्मित टंकिमा जम्मा भएको पानी भर्ने स्थानीयहरुको भीड थियो ।कति पानी भरेर घर फर्कदै गर्दा भरेर उकालो चढीरहेका थिए ।कतिले पानी भरिरहेका थिए ।कति पालो कुरिरहेका थिए पानी भर्न पालो नपाएपछि गाउँबाट ५०० मिटर जतिको दुरीमा रहेको तितेपानी मुहानमा गइरहेका थिए ।भयरीपानी मुहानको पानी कपडा धुनका लागि अनिवार्य सबैभन्दा तलको तितेखोला मुहान जानै पर्ने बाध्यता स्थानियहरुको रहेको छ ।तर तितेखोलामा पनि रातभर जम्मा ट्याङ्कीमा जम्मा हुने एउटा मात्रै धारो रहेको छ ।
चैत लाग्न शुरु गरेपछि गाउँ नजिककैको भयरी पानीको मुहान पुर्ण रुपले सुक्ने स्थानियहरुले जानकारी दिए ।त्यसपछि लामिडाँडावासीहरु तितेखोला मुहान पानी भर्न जानु पर्ने वाध्यता हुन्छ।तिते खोला पानीमा चैत-वैशाख महिनामा मुहान सानो हुन्छ।त्यति बेला स्थानीयहरुले पिउने पानी र वस्तुभाउलाई खुवाउने पानी भर्न दिनरात धाउनू पर्छ।तितेखोलाबाट पानी बोकेर ढेड घण्टा भन्दा बढी समय ठाडै उकालो चढेर लामिडाँडा गाउँ फर्कनू पर्ने स्थानियहरुले बताए ।
आजको विकसित युगमा पनि आफूहरूलाई खाने अभावको समस्याले दु:ख र पीडा भइ रहेको स्थानीय कविराज बुढाले गुनासो गरे।`हाम्रो गाउँमा पानीको मुहान बस्ती भन्दा तल भएकाले दैनिक साझ-विहान घण्टौ पानी बोकेर गुजारा चलाउनू पर्ने नियति रहेको छ´-उनले भने-त्यहि पनि पानीको श्रोतको अभाव छ ।बिहान २ बजे उठेपछि मात्रै पालो पाइन्छ ।´चुनाव अघि लामिडाँडामा खानेपानीको समस्या समाधान गरिदिने थुप्र उम्मेदवारहरुले आश्वासन दिने गरेको स्मरण गरदै बुढाले भने-`तर समस्या जिउँका तिउ रहिरह्यो ।हामीलाई अत्यन्तै दु:ख र यातना भयो।´
खानेपानी कै अभाव रहेको लामिडाँडावासीले पानी अभाव कै कारण महिनौ दिनमा एकपटक कपडा धुने र नुहाउनू पर्ने नियति बनिरहेको बताए ।`गाउँमा हामीले ३ महिनामा एकपटक नुहाउनू पर्छ।प्रत्येक घरका दुई जना जतिले बिहान देखि साझसम्म पानी भर्नू पर्ने हुन्छ।नत्र मान्छे र वस्तुभाउलाई खानेपानी हुँदैन´-स्थानीय झक्कु प्रसाद विश्वकर्माले भने-`सरकार छ कि छैन हामीलाई अनुभुती भएन ।´
आजभोलि लामीडाँ गाउँमा विहान,दिउँसो र बेलुका मानिसहरुले पानी बोकिरहेका हुन्छन् ।खानेपानीको दिगो समाधान गर्नका लागि लुम्बिनी प्रदेश सरकारले २०७४ सालमा गाइराखे खोलाबाट लिफ्टिङ सिस्टमबाट पानी तान्न बजेट विनियोजन पनि गर्यो ।उक्त योजना अन्तर्गत एक घर एकधारा अभियान थालनी भयो।लामिडाँडाका प्रत्येक घरमा पानी धारा निर्माण गरि सकिएको छ।यद्यपि समयमै लिफ्टिङ खानेपानी सुचारु हुन नसक्दा स्थानीयहरु भने काकाकुल बनिरहेका छन् ।
तितेखोला मुहानको पानी जम्मा गर्ने ट्यान्की पनि भारतीय सेनामा कार्यरत एक स्थानीयको पहलमा भारत सरकारले निर्माण गरिदिएको स्थानीय रुन्टीगढी वडा नं २ का नेकपा एमाले वडा कमिटी अध्यक्ष मेघलाल बस्नेतले बताए ।लिफ्टिङ खानेपानी यथासिघ्र ब्यबस्थापन नै लामिडाँडावसीको खानेपानी समस्याको दिगो समाधान रहेकाले स्थानीय सरकारले जोड दिनू पर्ने उनको भनाइ रहेको छ।
भिडियो