ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

रुन्टीगढी ५ नं वडा कार्यालयद्वारा जेष्ठ नागरिकलाई फाइबर सिरक र थर्मस प्रदान गरेर सम्मान

होलेरी- रुन्टीगढी गाउँपालिका वडा नं ५ वडा कार्यालयले वडापालिका भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार वडा कार्यालयको आयोजनामा एक कार्यक्रमबिच जेष्ठ नागरिकहरुलाई फाइबर सिरक र थर्मस प्रदान गरेर वडा कार्यालय डुबिडाँडामा सम्मान गरेको छ ।वडापालिकाको बार्षिक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको वडा अध्यक्ष गोबिन्दबहादुर डाँगीले जानकारी दिए ।वडा सदस्य तथा रुन्टीगढी गाउँकार्यपालिका सदस्य रिता के.सी.को स्वागत मन्तव्यबाट शुरूवात भएको कार्यक्रममा ६९ बर्ष देखि माथिका ६५ जना जेष्ठ नागरिकलाई फाइबर सिरक र ८५ जनालाई थर्मस प्रदान गतिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष डाँगीले आफूहरू सेवकका रुपमा वडापालिका रहँदा नियमित कार्यक्रम अन्तर्गत न्यानो फाइबर सिरक र तातो पानी राख्ने थर्मस प्रदान गरेको बताएका हुन्।उपलब्ध गराइएका सामाग्रीहरुको उचित सदुपयोग गराएर जेष्ठ नागरिकहरुलाई सुबिधासम्पन्न गराउँन सम्बन्धि परिवारका सदस्यहरूलाई वडा अध्यक्ष डाँगीले अनुरोध गरेका छन् ।

कार्यक्रमको सहजीकरण वडा सचीव टंक नेपालीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस