ताजा अपडेट

रोल्पाको होलेरीमा पार्किङ गरिएका सवारीहरुमा स्थानीय सरकारको आतंक,पार्किङस्थल ब्यबस्था नगरि दु:ख दिएको गुनासो

होलेरी- रोल्पाको होलेरीमा पार्किङ गरिएका सवारीहरुमा स्थानीय सरकार रुन्टीगढीले आतंक मच्चाएको स्थानियहरुको गुनासो रहेको छ ।स्थानिय सरकारले शुरक्षित पार्किङस्थलको ब्यबस्था नगरेर रातको समयमा घर अगाडि राखिएका जीप,कार तथा मालबाहक गाडीहरूको टायरको हावा फालिदिने,टायरको भेल्भ फालिदिने लगाएतका हर्कत दोहोर्‍याएर आफूहरूलाई दु:ख दिएको स्थानियहरुको गुनासो रहेको छ ।

सोमबार स्वस्तिक रोजिन एण्ड टर्पिनटाइन इण्डष्ट्रिज साखा होलेरीका प्रमुख चुडामणि पौडेल आफ्नो कार्यालय अगाडि रोकेर आफू चढ्ने राखेको लु ३ च ७९५८ नं को ब्यक्तिगत ट्याक्सीको टायर हेर्दै निराश बनिरहेका थिए ।उक्त गाडीको देब्रे पट्टीको पछिल्लो टायर बसेर जमिनमा लचकिएको थियो ।टायरको पुरै हावा फालिएको अवस्था थियो ।

टायरको हावासंगै हावा भर्ने भेल्भ समेत गाडीबाट निकाली दिएर क्षति गरिदिएको भन्दै उनले आक्रोश ब्यक्त गरे।स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाका नगर प्रहरीहरुले उक्त काम गरेको उनको ठम्याई रहेको छ ।`रुन्टीगढी गाउँपालिका नगर प्रहरीहरु एकदुई पटक घर अगाडि पार्किङ नगर्नू भनेका थिए ´- आक्रोशित हुँदै पौडेलले भने -`यहाँ रोकिएका अरुका गाडीका पनि टायरको हावा नगर प्रहरीले बारम्बार फालिदिएको भन्ने सुनेको छु।तर यसरी दादागिरी अर्काको ब्यक्तिगत सम्पत्तिमाथि आतंक मच्चाउन पाइदैन ।´स्थानिय सरकारले शुरक्षित पार्किङस्थलको ब्यबस्था नगरि दिएर उल्टै आफूहरूले गाडी खरिद गरेर चलाए वापत राज्यलाई कर तिरेकाले घर अगाडि पार्किङ गरेको गाडीहरु स्थानिय सरकारद्वारा शुरक्षा गरिदिनू पर्ने ठाउँमा टायरको हावा फालीदिने तथा भेल्भ निकालेर फालिने कार्य दादागिरी र गुण्डागर्दी शैलीमा आतंक मच्चाएको उनको भनाई रहेको छ ।

मंगलबार साझ थापा तरकारी पसल होलेरीको अगाडि पार्किङ गरेर राखिएको थापा तरकारी पसलको मालबाहक रा १ ख ३२३१ नं को ४०७ मडेलको टाटा कम्पनीको मिनी पिकअप गाडीको पनि देब्रे साइडको अघिल्लो टायरको हावा पनि पुर्ण रुपले फालिएको थियो।थापा तरकारीका सञ्चालक होम बहादुर थापा लगायत स्थानियहरु उक्त स्थानमा जम्मा भएका थिए ।होमबहादुर थापाका अनुसार मंगलबार राती  उनको घर अगाडि पार्किङ गरेर राखेको मालबाहक गाडीको टायरको हावा फाली दिने कार्य भएको दुखेसो सुनाए ।

थापाका अनुसार उनको गाडीको टायरको हावा पनि नगर प्रहरीले नै फाली दिएको बताए ।थापाको गाडी पार्किङ गरिएकोस्थल देखि होलेरी प्रहरी चेकपोस्ट करिब ३० मिटरको दुरीमा मात्रै रहेको छ।यस्तो अवस्थामा कुनै बाहिरको मान्छे आएर यस्तो हर्कत गर्न नसक्ने भन्दै उनले स्थानीय सरकार रुन्टीगढीप्रति आक्रोश ब्यक्त गरेका छन् ।मैले लाखौंको सामानसहितको लोड गाडी आफ्नो घर अगाडि नराखेर कहाँ लगेर राख्ने?`सामाग्रीको जिम्मा कसले ल्याइ दिन्छ ?थापाले प्रश्न गरे।´`हामीले बिच सडकमा गाडी पार्किङ  गरेका छौँ भने नियमानुसार दण्ड,जरिवाना वा कारबाही गरियोस् ।नत्र रातविरातमा आएर कसैको ब्यक्तिगत सम्पत्तिमाथि हात लगाउने अधिकार स्थानिय सरकारलाई छैन´-थापाले भने गुण्डागर्दी शैलीमा अरुको घर अगाडिको सम्पत्ति हात लगाउँदा केहि भएमा स्थानिय सरकार जिम्मेवारी हुनु पर्छ।कि त शुरक्षित पार्किङस्थल निर्माण गरिदियोस्।´

त्यस्तै घर अगाडि पार्किङ गरेर राखिएको आफ्ना मालबाहक गाडीहरूको पनि पटकपटक रुन्टीगढी नगर प्रहरीहरुले रातीमा टायरको हावा फालीदिने गरेको जी.बि. स्टोर्स होलेरीकि बिना श्रेष्ठले दुखेसो गरिन्।`हाम्रो पसल अगाडि रोकेर राखेको लोड गाडीका नगर प्रहरीहरुले पटकपटक हावा फालिदिए ।लोड गाडी रातीमा कहाँ लगेर राख्ने ?होलेरीमा शुरक्षित पार्किङ स्थलको अभाव छ।डुब्रिङ जाने सडक किनार लगेर पार्किङ गर्दा पनि पटकपटक गाडीको टायरबाट हावा फालियो-उनले भनिन्।

होलेरीमा शुरक्षित पार्किङस्थल अभाव हुँदा पार्किङको समस्या उत्पन्न भएको हो ।स्थानिय सरकारले सवारी धनी स्थानीय नागरिकहरुलाई दु:ख दिनूको साटो शुरक्षित पार्किङ स्थल निर्माण गरिदिनू पर्ने स्थानियहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस