ताजा अपडेट

सञ्चारकर्मी बलबीर नेपालीको २ बर्षिय छोरा जेनिश नेपालीको हातको शल्यक्रिया गर्न आर्थिक अभाव

होलेरी- रोल्पालाई आधार क्षेत्र बनाएर कृयाशिल रहेका सञ्चारकर्मी बलबीर नेपालीको २ बर्षिय छोरा जेनिश नेपालीको देब्रे हातको औंलापट्टीको भाग बिग्रिएको छ ।

उक्त हातमा बारम्बार समस्या देखा पर्ने गरेको आमा मालती घर्तीले बताइन् ।`बाबू गर्भमा रहेछ उ बेला चेकजाँच गर्दा देखिएन ।त्यहि बेला पाठेघरको क्यान्सर हुने खतरा भएको भनेर अस्पतालको सल्लाह अनुसार तुलसीपुर दाङ पुगेर औषधि उपचार गरेँ।पछि मात्रै थाह भयो बाबू गर्भमा रहेछ । सायद त्यतिबेला गरेको औषधि उपचारको असरले हुनसक्छ जन्मजात छोराको देब्रे हात बिग्रिएको थियो´-मालतीले होलेरी खबरसंग भनिन् ।

पछि त्यहि हात दुख्ने गरेको नाबालक छोराले बताउँने गरेको र छालामा पनि फोका उठ्ने जस्ता विभिन्न संक्रमण देखिने गरेको उनले बताइन्।पटकपटक अस्पताल लगेको बखत जेनिसको हातको अप्रेसन गर्नु पर्ने र त्यसका लागि भारत लैजानु पर्ने चिकित्सकहरुले शुझाव दिने गरेको मालतीको भनाई रहेको छ ।रुन्टीगढी ३ निवासी सञ्चारकर्मी नेपालीको दम्पती हाल माइती गाउँ सुनिलस्मृति गाउँपालिका हरिगाउँ रोल्पामा बस्दै आइरहेको उनले बताइन् ।नाबालक छोराको हातको शल्यक्रिया गर्न आवश्यक आर्थिक नहुँदा आफूहरू पिडामा रहेको उनले बताइन्।`मेरो श्रीमान पनि मृगौला सम्बन्धि विरामी हुनुहुन्छ।बर्षमा एकपटक अस्पताल चेकजाँच र उपचारका लागि जानू पर्छ´-मालतीले भनिन्-`त्यसैमाथि छोराको उपचार गर्न नसक्दा चिन्तित छु ।´
आर्थिक श्रोत जुटाउन आफूले गाउँ-गाउँ पुगेर कस्मेटिक सामाग्री बिक्रि गर्ने गरेको ऊनी बताउँछिन्।यद्यपि हालसम्म पैसो जम्मा हुन नसकेको दुखेसो पोखिन्।

सञ्चारकर्मी बलबीर नेपाली अनलाइन पत्रकारीता गर्छन् ।जसोतसो कमाएको पैसोले घर परिवार र जिबिका चलाउन मै खर्च हुने हुँदा छोराको उपचार गर्न नसकिरहेको दु:ख सुनाए ।`म पनी केहि बर्ष पहिले मृगौला सम्बन्धि समस्याबाट पीडित भएर सहयोग संकलन गरेरै भारत पुगेर उपचार गरेर बाचेको हुँ´-सञ्चारकर्मी नेपालीले भने-`अब पुनः सहयोग मागेरै भएपनि छोराको उपचार गराउनु पर्ने भयो ।थोरै रकमले भारत गएर उपचार गराउन संभव छैन,दु:ख लाग्छ।´

नाबालक छोरा कै उपचारका लागि भनेर सञ्चारकर्मी नेपालीले बिभिन्न गाउँ पुगेर आर्थिक सहयोग पनि मागेको बताएका छन् ।तर संकलन भएको ८/१० हजार रकमबाट छोरालाई उपचार गर्न भारत लैजाने आट गर्न नसकेको उनी बताउँछन्।

रुन्टीगढी ३ नं वडा अध्यक्ष गणेश गिरीले पनि सञ्चारकर्मी नेपालीको नाबालक छोराको उपचारका लागि आर्थिक सहयोग संकलन गर्नूको विकल्प नभएको बताएका छन् ।`सञ्चारकर्मी बलबीर जी मेरै वडावासी हुनुहुन्छ।मैले उहाँलाई नजिकबाट चिन्छु ।संघर्ष गरिरहनु भएको उहाँको छोराको उपचार गर्ने आयश्रोत छैन´-वडा अध्यक्ष गिरीले होलेरी खबरसंग भने ।

नेपाली लामो समयदेखि समाजमा रहेका दुखी पीडितहरुका उद्वारका लागि समाचार तथा सामाग्री प्रशारण गरिदिने सञ्चारकर्मी हुन् ।भएको एकमात्र नाबालक सन्तानको उपचारका लागि उनले Balbir Nepali : Prabhu Bank 3217058730500018 खाता नं र इसेवा क्यु.आर.कोड स्वैच्छिक आर्थिक सहयोगका लागि उपलब्ध गराएका छन् ।

इसेवा क्यु.आर.कोड

प्रतिक्रिया दिनुहोस