होलेरी- भारतबाट फर्किएर रोल्पामा आफ्नो थर,घर र परिवार खोजिरहेका १९ बर्षिय किशोर रामबहादुरले आफ्नो घरपरिवार,थर र ठेगाना भेटाएका छन् ।
भारतबाट फर्किएका रामबहादुरले आफ्नो स्वर्गिय बुवा तेजबहादुरको फोटो र भारत सरकारबाट प्राप्त थर बिनाको आफ्नो बुवा र आफ्नो आधार कार्ड बोकेर होलेरी खबरमार्फत आफन्तको पहिचानका लागि मद्दत मागेका थिए ।होलेरी खबरबाट सार्वजनिक भएको सामाग्री प्रकाशन/प्रशारण भएको २४ घण्टा नबित्दै रामबहादुरलाई रोल्पा नगरपालिका २ रेउघाबाट फोन सम्पर्क गरेर आफ्नतहरुले बोलाएको बताएका छन्।
रामबहादुरको बुवा तेजबहादुरले भारत मै बिबाह गरेको र आफू भारत मै जन्मिएको उनले होलेरी खबरसंग बताएका थिए।बिवाहा पश्चात तेजबहादुरले आफ्नो श्रीमतीसंग आफ्नो घर लिवाङ रोल्पा रहेको मात्रै बताएका थिए ।उनले परिवारलाई एकपटक पनि घर नल्याई रोजगारीकै क्रममा भारतमा उनको निधन भएको रामबहादुरले बताएका थिए ।
भारतको आधार कार्डमा उनको नाम रामबहादुर मात्रै लेखिएको छ ।भारत सरकारबाट प्राप्त आधारकार्डमा उनको बुबाको नाम थियो तेजबहादुर,रामबहादुरका अनुसार उनि ८/९ बर्षको हुँदा नै उनका बुबाको निधन भएको थियो।उनले बताए अनुसार उनका बुबाले पनि बचपन मै रोल्पाबाट रोजगारीका लागि भारत पुगेका थिए ।त्यसपछि घर नफर्किएर उतै बिबाह गरेका थिए ।तेजबहादुरको निधन भएपछि उनकी आमाले सुर्खेतका एक पुरुषसंग दोस्रो बिबाह गरिन्।उनलाई पनि आफ्नो पुर्व श्रीमान तेजबहादुरको घर रोल्पा भएको बाहेक अन्य कुनै जानकारी नभएको छोरा रामबहादुरले बताएका थिए।
रामबहादुरको परिवार र नातेदारको खोजी गर्न ईलाका प्रहरी कार्यालय होलेरीले पनि चासो दिएको थियो ।उनीसंग भएका जानकारी र फोटोबारे प्रहरी कार्यालयमा जानकारी राखिएको थियो ।पहिलोपटक घर परिवार खोज्न रोल्पा आएका रामबहादुर २ दिनदेखि होलेरी मै बसेका थिए।उनलाई आफ्नो पुर्खा र आफ्नो थर समेत थाह नपाएर अन्योलतामा बसिरहेका थिए ।
होलेरी खबरमार्फत रामबहादुरले बताएको विवरण हेरेर सार्वजनिक गरिएको उनको नम्बरमा सनिबार बिहान फोन आएर रेउघाबाट बोलाएको रामबहादुरले होलेरी खबरलाई बताए ।रेउघास्थित घर्ती परिवारका अग्रज र गाउँका अग्रज मान्छेहरूले रामबहादुरको स्वर्गिय बुवाको तस्वीर र नाम हेरेर निश्चित गरे पश्चात रामबहादुरको जेठा बाजेको नातिनी बुहारी गीता घर्तीले उनलाई सम्पर्क गरेर रेउघा बोलाएकि हुन् ।गीता घर्तीका अनुसार उनीहरूको बाजे ससुराहरु जेठा दलबीर घर्ती र कान्छा लालबहादुर घर्ती गरेर दुई भाई थिए ।दुई भाई मध्य कान्छा लालबहादुर रोजगारीका लागि भारत पुगेर उतै बसेका थिए ।उनी एकपटक मात्रै घर फर्किएका थिए ।त्यसपछि फर्किएनन्।लालबहादुरका नाती रामबहादुर हुनसक्ने भन्ने अनुमान गरेर घर्ती परिवारका अगुवा सदस्य र रेउघा गाउँका अगुवाहरुको अनुमानमा रामबहादुरलाई बोलाएको गीता घर्तीले बताइन् ।गीता स्वर्गिय दलबीर घर्तीको छोरा स्वर्गिय जसबहादुर घर्तीको छोरा बुहारी रहेको बताइन्।
रामबहादुरले आफ्नो स्वर्गिय बुवा तेजबहादुरको भारत सरकारबाट प्राप्त आधारकार्डमा बाजेको नाम लालबहादुर मात्रै लेखिएको बताएका थिए ।थर भने नलेखिएको बताएका थिए ।रेउघास्थित उक्त घर्ती परिवारसंग साइनो र परिचय भइरहेको रामबहादुरले बताए ।