होलेरी- भारतबाट रोल्पा फर्किएर १९ बर्षिय रामबहादुरले आफ्नो थर,ठेगाना र परिवार खोजिरहेका छन् ।
भारतको आधार कार्डमा उनको नाम रामबहादुर मात्रै लेखिएको छ ।भारत सरकारबाट प्राप्त आधारकार्डमा उनको बुबाको नाम थियो तेजबहादुर,रामबहादुरका अनुसार उनि ८/९ बर्षको हुँदा नै उनका बुबाको निधन भएको थियो।उनले बताए अनुसार उनका बुबाले पनि बचपन मै रोल्पाबाट रोजगारीका लागि भारत पुगेका थिए ।त्यसपछि घर नफर्किएर उतै बिबाह गरेका थिए ।तेजबहादुरको निधन भएपछि उनकी आमाले सुर्खेतका एक पुरुषसंग दोस्रो बिबाह गरिन्।उनलाई पनि आफ्नो पुर्व श्रीमान तेजबहादुरको घर रोल्पा भएको बाहेक अन्य कुनै जानकारी नभएको छोरा रामबहादुरले बताउँछन् ।
रामबहादुर आफ्नो कुल र परिवारको खोजीमा २ दिनदेखि रोल्पा होलेरीको एक होटेलमा बस्दै आएका छन् ।उनको आमाबाट रामबहादुरले जानकारी पाए अनुसार उनको बुबा तेजबहादुरले आफ्नो घर रोल्पा लिवाङ रहेको बताउँने गरेको बाहेक केहिपनि जानकारी नभएको बताउँछन्।भारत मै जन्मिएका रामबहादुरले उमेर पुग्दा पनि रामबहादुरले नेपाली नागरिकता प्राप्त गर्न सकेका छैनन् ।शुक्रबार होलेरी खबरको सम्पर्कमा आएका रामबहादुरले आफ्नो बुबा र उनका परिवारलाई सुनसरी वा सुनछहरी साहु भनेर चिनिने कुरा आमाबाट सुनेको बताउँछन् ।शुक्रबार कुराकानी पश्चात रामबहादुरले ईलाका प्रहरी कार्यालय होलेरीमा कार्यालय प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतिसंग मौखिक रुपमा आफ्ना कुराहरू राखेका छन् ।
रामबहादुरको परिवार पत्ता लगाइदिने सहयोग अपिल पश्चात ईलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज प्रहरी निरीक्षक प्रजापतिले आफ्नो कार्यालयमार्फत हुनसक्ने सहयोग गरिदिने बताएका छन् ।र थप प्रभावकारी सहयोगका लागि रामबहादुर सदरमुकाम लिवाङ पुगेर जिल्ला प्रशासन कार्यालय रोल्पामा गएर अनुरोध गरेपछि उनको घरपरिवारको बारे कुनै जानकारी मिल्न सक्ने सुझाव दिएका छन् ।