होलेरी- नेकपा एमाले रुन्टीगढीले काङ्ग्रेस नेतृत्व स्थानिय सरकार रुन्टीगढी गाउँपालिकालाई भ्रष्ट सरकार भनेर बिज्ञप्ती सार्वजनिक गरेको छ ।
बिहिबार रुन्टीगढी एमालेले जारी गरिएको बिज्ञप्तीमा काङ्ग्रेस नेतृत्व स्थानीय सरकार रुन्टीगढीले सामाजिक शुरक्षा भत्ता,अनुदानको जस्ता पाता लगायतका कुराहरुमा राजनीति मौलाएको भन्दै ध्यानाकर्षण गराएको छ ।प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको एम्बुलेन्स मर्मतमा स्थानिय सरकारले चासो नदिएको भन्दै बिज्ञप्तीमा आपत्ति जनाइएको छ ।आर्थिक बर्ष २०८०/०८१ सालमा मात्रै एक करोडमाथि बेरुजु आएको तथा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रुन्टीगढी ५ नं वडाबाट ४० जना आवेदक मध्ये एकजनालाई नपारेको भन्दै नेकपा एमाले रुन्टीगढीले बिज्ञप्तीमार्फर निन्दा गरेको छ ।
`यो सरकार झन्झन् जनताको भावना विपरित गईरहेको हुँदा हामी रुन्टीगढीबासी जनता माथि गरिएको खेलबाडलाई सहेर नबस्ने र माथि उल्लेखित गल्तिहरु गाउँ सरकारले तुरुन्त ‘नसच्याए गाउँ सरकारको ‘ भण्डाफोर गर्ने, गाउँपालिका घेराउ गर्ने लगाएतका कार्यहरु अगाडि बढाइने चैतावनी सहित यो विजप्ती जारी गर्दंछौ। साथै आम रुन्टीगढी बासीलाई कुनै प्रलोभन,भ्रम र जालभेलमा नपरी यो भ्रष्ट सरकारको विरुद्व उत्रन अनुरोध गर्दछौँ।´चेतावनीसहित बिज्ञप्तीमा लेखिएको छ ।

सम्बन्धित बिज्ञप्ती