होलेरी- दक्षिण रोल्पाको प्रमुख ब्यापारीक केन्द्र होलेरी बजारमा सवारी पार्किङ स्थल अभाव हुँदा बजार क्षेत्र अव्यवस्थित पार्किङको चपेटामा परेको छ ।
स्थानिय स्तरमा पटकपटक पार्किङस्थल निर्माणको कुरा उठेपनि स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले स्थायी पार्किङस्थल निर्माण गर्न सकिरहेको छैन।जसका कारण अव्यवस्थित पार्किङको समस्या बढ्न थालेको हो ।अस्तब्यस्त पार्किङका कारण होलेरी बजार साघुरो एवं कुरुप बन्दै गइरहेको छ ।पछिल्लो समय होलेरीमा पार्किङस्थल निर्माण गर्ने भनेर गत बर्षको माघ महिनामा होलेरी बजार ब्यबस्थापन समितिको सहजीकरणमा पालिका अध्यक्ष जनक पुनको समेत सहभागीतामा सर्वदलीय सर्वपक्षीय भेलाले निर्णय गरेको थियो ।तर १ बर्ष बित्नै आट्दा पनि होलेरी बजारमा स्थायी पार्किङ स्लथ निर्माण गरिएको छैन ।
अहिले सवारी चालकहरुले बजारको सडक किनार तथा जुर्नेटाको मैदानमा पार्किङ गरिरहेका छन् ।पार्किङस्थल अभाव भएकाले सवारी पार्किङमा समस्या भैरहेको सवारी चालकहरूको दुखेसो रहेको छ ।स्थानिय सरकारले होलेरी नोलाइटको तलको मैदानमा पार्किङ गर्न लगाएपनि उक्त स्थानमा रातमा सवारी शुरक्षा नहुने सवारी चालकहरू बताउँछन् ।त्यस्तै दैनिकहरुमा सञ्चालन हुने अटोहरु उक्त क्षेत्रमा पार्किङ गर्दा यात्रु नपाइने भन्दै ब्यबसायमा हानी हुने बताउँने गरेका छन् ।सवारी चालकहरूका अनुसार सम्बन्धित निकायले बजार क्षेत्र नजिकै पार्किङस्थल निर्माण गरिदिनु पर्ने ऊनीहरुको माग रहेको छ ।
हाल पार्किङस्थल अभावमा बनिरहेको अव्यवस्थित सवारी पार्किङको नियतिका कारण पर्यटकिय क्षेत्र समेत रहेको रोल्पाको होलेरी बजार अस्तव्यस्त बन्दै गइरहेको छ ।
सोमबार देखिएको होलेरी बजारमा सवारी पार्किङको फरक-फरक तस्वीरहरु ।
तस्वीर : होलेरी खबर