होलेरी- स्थानिय तहमा सत्तासीन दल नेपाली काङ्ग्रेस रुन्टीगढीले विद्युत पोल र तार जडान गरि घर उज्यालो पारिदिने आश्वासनमा आफूहरूलाई काङ्ग्रेस प्रवेश गराइएको भन्दै पुनः एमाले मै फर्कने क्रम जारी रहेको छ ।
केहि साता अघि नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका सभापति एवं रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले पालिका सभाहलमा नेकपा माओवादी र एमालेका डेढ दर्जन कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गराएको तस्वीर आफ्नो सामाजिक संजाल फेशबूक मार्फत सार्वजनिक गरेका थिए ।ति मध्य रुन्टीगढी ६ का सम्बन्धित कतिपय ब्यक्तिहरु पालिकाबाट जस्ताबाट प्रदान गरिदिने आश्वासनमा झुक्याएर काङ्ग्रेस गराइएको भन्दै बिज्ञप्ती जारी गर्दै पुनः एमाले मै फर्किएका थिए।
त्यस यता माघ ६ गते आइतबार रुन्टीगढी रुन्टीगढी २ का कविराम बस्नेत र भुपलाल बस्नेतले बिज्ञप्ती जारी गर्दै आफूहरुलाई विद्युत र तार जडान गरिदिने आश्वासनमा झुल्याएर काङ्ग्रेसमा प्रवेश गराइएको भन्दै सामुहिक बिज्ञप्तीमार्फत पुनः नेकपा एमाले मै फर्किएको घोषणा गरेका छन् ।