ताजा अपडेट

भारतको लदाखबाट बेपत्ता बनेका छोरा फर्कने आशामा रोल्पाकि चिजमाली घर्ती

होलेरी- प्रत्येक दिन साझ बिहान छोरा फर्कन्छ कि भनेर आश बटुलेर रोल्पाकि त्रिवेणी गाउँपालिका ४ कि चिजमाली घर्ती घरमाथिको बाटो नियाली रहन्छिन्।तर गत मंसिर महिनामा भारतको लदाखबाट सम्पर्क बिहिन बनेर बेपत्ता जस्तै बनिरहेका उनका २० बर्षिय छोरा निर्मल घर्ती घर फकिएनन्।उनी परिवारसंग सम्पर्कमा पनि छैनन्।

३ बर्ष अघि त्रिवेणी गाउँपालिका ४ लामपोखरी रोल्पाका अनिल घर्ती रोजगारीको शिलसिलामा भारतको लदाख पुगे ।त्यहाँ पुगेर अनिल निरन्तर परिवारको सम्पर्कमै थिए ।गत मंसिरमा घर फर्कन लागेको खबर आमालाई फोनमार्फत दिएका अनिल त्यसपछि एकाएक सम्पर्क बिहिन बने ।छोरा बाटोमा होला बढीमा ३ दिनभित्र आइपुग्छ होला भन्ने आशामा आमा चिजमाली थिइन्।तर हप्ता हुँदै महिनौं बित्यो अनिल घर फर्किएनन्।न ऊनी परिवारको सम्पर्कमा नै छन् ।

आमा चिजमालीका अनुसार अनिलका बुवा बोमबहादुर गत कार्तिकमा रोजगारीका लागि दुबै पुगेका थिए ।यता घरका एक्लो छोरा बेपत्ता बनेपछि भारतसम्म खोज्न जान पनि सकिनन्।ऊनी प्रहरी कार्यालय पुगेर खोजतलास गर्दिन गुहार मागिन्।तर घटना फरक देशमा भएकाले प्रहरीबाट खोजी कार्य संभव नभएको उनले बताइन्।

दुई छोरीहरुसंगै चिजमाली छोरा फर्कने आशामा रहेकि छन् ।छोरा अनिललाई कोहि कसैले भारतमा फेला पारेमा परिवारलाई सम्पर्क गरिदिन उनको अनुरोध रहेको छ ।

त्रिवेणी ४ पुर्व वडा सदस्य प्रेमबहादुर बुढा (एटम) ले पनि अनिललाई सम्पर्क गर्ने थुप्रै प्रयास गरिए पनि सफल नभएको बताएका छन् ।लदाखमा हिउँ लर्ने भएकाले अनिल घर आउँन नसकेको हुन सक्ने भएपनि ऊनी सम्पर्कमा नआएको कारणबारे भने परिवार चिन्तित बनिरहेको र भारतको लडाखमा रहेका नेपालीहरुले अनिललाई देखेमा सम्पर्कमा ल्याइदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस