ताजा अपडेट

रुन्टीगढीमा काङ्ग्रेसले सत्ताको आडमा जस्ता पाता दिने प्रलोभनमा माओवादी कार्यकर्ता प्रवेश गरायो : नजर पुन

होलेरी- नेकपा (माओवादी) केन्द्र रुन्टीगढी गाउँपालिका इन्चार्ज एवं लुम्बिनी प्रदेश कमिटी सदस्य नेता गोबिन्द पुन(नजर)ले नेपाली काङ्ग्रेस रुन्टीगढीले सत्ताका आडमा माओवादीका कम्जोर र विपन्न कार्यकर्ताहरुलाई प्रलोभनमा पारेर पार्टी प्रवेश गरेको आरोप लगाएका छन् ।
सनिबार होलेरी खबरसंगको संवादका क्रममा नेता पुनले स्थानीय सरकारले पुरा गर्नै पर्ने जिम्मेवारी कार्यान्वयन गर्न सत्ताको दुरुपयोग नगर्न चेतावनी दिएका हुन्।

केहि साता अघि नेकपा माओवादी केन्द्रका एक वडा कमिटी अध्यक्ष समेत काङ्ग्रेसमा प्रवेश गरेका छन्।त्यसलाई आन्तरिक बैचारिक असन्तुष्टि नभएर ब्यक्तिको प्राविधिक कारण देखाउँदै नेता पुनले पार्टीको कमजोरीबारे अस्विकार गरेका छन् ।रुन्टीगढी गाउँपालिका अध्यक्ष एवं नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँ कमिटी सभापति जनक पुनले शुक्रबार सामाजिक संजालमार्फत प्रवाह गरेको सूचनालाई आधार मान्ने हो भने शुक्रबार मात्रै नेकपा (माओवादी) र नेकपा (एमाले) पार्टी परित्याग गरेर डेढ दर्जन कार्यकर्ताहरु रुन्टीगढी काङ्ग्रेस प्रवेश गरेका छन् ।जसलाई पालिका अध्यक्ष पुनले काङ्ग्रेस नेतृत्व स्थानिय सरकार रुन्टीगढीको गतिविधि र कार्यकाल सफलताको प्रमाणको दावी गर्ने गरेका छन् ।

जानकारी अनुसार महिना दिन भित्रै यसरी २ चरणमा रुन्टीगढीमा नेपाली काङ्ग्रेस प्रवेश गर्नेहरू मध्य अधिकांश माओवादी कार्यकर्ताहरु रहेका छन् ।तर माओवादी नेता पुनले भने स्थानिय सरकार रुन्टीगढीले रोल्पाका सांसद वर्षमान र पुर्व सभामुख ओनसरी घर्ती र प्रदेश (ख)का प्रदेश सांसद दिपेन्द्र पुन (सिजल)ले गरेका पहलका कार्यक्रमहरुमा पनि स्थानीय तहमा सत्तासीन नेपाली काङ्ग्रेसले अनावश्यक भ्रम,प्रचारवादी र प्रलोभनको अस्त्र बनाएर पार्टी प्रवेश गराउने जस्ता अस्थिर र तल्लोस्तरको राजनैतिक गतिविधि गरिरहेको बताएका छन् ।

फुसको छाना विस्थापन गर्ने निति पूर्व साभामुख ओनसरी घर्तीले अगाडि सारेकाले जस्ता पाता वितरणलाई राजनैतिक प्रवेशको अस्त्र नबनाउन स्थानिय सरकारलाई नेता पुनले चेतावनी दिए ।जनतालाई भ्रमित नहुन समेत आग्रह गरेका छन् ।

स्थानीय सरकार रुन्टीगढीले रुन्टीगढीको मुहार फेरिने गरि एउटा काम पनि गर्न नसकेको उनको निष्कर्ष रहेको छ ।यद्यपि गत मंसिर १६ मा रुन्टी ४ मा भएको उप-निर्वाचनमा माओवादी उम्मेदवारले ७० मत मात्रै प्राप्त गरेका थिए ।उप-निर्वाचनको कम्जोर परिणामपछि माओवादी कार्यकर्ताहरुमा निराशा जागेको कतिपय जानकारहरुका विश्लेषण रहेको छ ।

यद्यपि नेता पुनले कारणका रुपमा त्यसलाई अस्विकार गर्दै आगामी २०८४ सालको निर्वाचनमा रुन्टीगढीमा माओवादी केन्द्रको विकल्प नरहेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस