ताजा अपडेट

ईलाका प्रहरी कार्यालय होलेरीद्वारा वार्षिक नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

होलेरी- ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाले आफ्नो वार्षिक नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार ईलाका प्रहरी कार्यालय होलेरी प्राङ्गणमा एक कार्यक्रमबिच जनप्रतिनिधि,राजनैतिक दल,कर्मचारी,पत्रकार,ब्यबसायी र सर्वसाधारणहरुको सहभागीतामा आर्थिक वर्ष २०८०/०८१ मा ईलाका प्रहरी कार्यालयद्वारा नागरिकका पक्षमा गरिएका क्रियाकलापहरुको सुनुवाइ गरिएको हो।

ईलाका प्रहरी कार्यालय होलेरी प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतिले कार्यालयको तर्फबाट भएगरेका कार्यहरूको प्रतिवेदन प्रस्तुत गरेका हुन्।सार्वजनिक प्रतिवेदन तथ्यांक अनुसार आर्थिक बर्ष २०८०/०८१ ईलाका प्रहरी कार्यालय होलेरीमार्फत १८ वटा मुद्दा दर्ता गरिएका छन्।७ जना महिला,१ जना बालिका र ५ जना पुरुष गरि हराएका १३ जनाको खोजी कार्य गरि प्रहरीले परिवारको जिम्मा लगाएको छ ।विभिन्न शिर्षकमा दर्ता भएका ७३ उजुरी मद्य ५३ वटा ठाडो उजुरी फर्चुट भैसकेको ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक प्रजापतिले जानकारी दिए।४० वटा विभिन्न स्थलमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरिएको उनले जानकारी दिए ।

नागरिक सुनुवाइ कार्यक्रममा विभिन्न सरोकारवाला निकाय र सर्वसाधारणहरुबाट प्रहरीले सल्लाह,सुझाव,गुनासो सुन्ने र कार्यालयिक तर्फबाट सम्बोधन गर्ने कार्यक्रम पनि रहेको थियो ।

तस्वीर : होलेरी खबर

प्रतिक्रिया दिनुहोस