होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ३ का विकट गाउँ लखना,भोर्ना र कट्टेधारावासीहरु विद्युत सेवा अभावका कारण अझै अध्याँरोमा रहेका छन् ।
प्रविधिको युग भनेर चिनिने आजको २१ औं सताव्दीमा पनि रुन्टीगढी ३ का यी गाउँहरुका नागरिकहरुले भने आजसम्म विद्युत सुविधा कस्तो हुन्छ भन्ने अनुभव गर्न पाएका छैनन्।घर-घरमा सोलार जडान गरिएको छ ।रातको समयमा सोलारकै भरमा खाना पकाउने,बालबालिका पढाउने,मोबाइल चार्ज गर्ने गरेको अनुभव रुन्टीगढी ३ भोर्नाका शेर बहादुर घर्ती मगरले होलेरी खबरसंग दुखेसो पोखे ।`अरुबेला जसोतसो सोलारबाट गुजारा चलाउँदै आएका छौँ।तर वर्षात याममा भने सोलार पनि बन्द हुन्छन् ।त्यतिबेला दियो,लाइट बालेर काम चलाउँछौँ-घर्तीले भने।
भोर्ना र कट्टेधारामा २०७९/८० शालतिर विद्युत विस्तार गर्ने योजना अन्तर्गत नेपाल विद्युत प्राधिकरण रोल्पा अन्तर्गत विद्युत पोलहरु विस्तार गरेर तार टाग्ने काम पनि गरियो ।तर हालसम्म पनि लाइन विस्तार गरिएको छैन ।टागिएका तारहरु भुइँ लतृएका छन् ।गाडीएका पोलहरु ढल्न थालेका छन् ।तर भोर्नावासीको उज्यालोमा बस्ने सपना भने सपनामै सिमित बनिरहेको स्थानिय प्रेमबहादुर घर्तीले चिन्ता व्यक्त गरे ।२०७९ शालको स्थानीय तहको निर्वाचन ताका हालका पालिका अध्यक्ष जनक पुन र उपाध्यक्ष सरिता केसी भोर्ना पुगेर विद्युत लाइन विस्तार गरिदिने आश्वासन दिएका थिए ।तर निर्वाचित बनेपछि फर्किएर नगएको घर्तीको दुखेसो छ ।`निर्वाचन समय सबै पार्टीका वडाका र पालिका उम्मेदवारहरु हाम्रो गाउँ आउँनू भएको थियो ।सबैले निर्वाचित बनेपछि विद्युत लाइन विस्तार गरेर हामीलाई अध्याँरोमुक्त बनाउने आश्वासन दिनुभएको थियो ।हामी हर्षित बनेका थियौँ।तर पोल गाडेको २ बर्ष बढी समयसम्म पनि विद्युत लाइन विस्तारमा कसैको चासो छैन।हाम्रो उज्यालोमा बस्ने सपना सपना मै सिमित हुने हो कि भन्ने चिन्ता बढिरहेको छ-´घर्तीले भने ।
रुन्टीगढी ३ नं वडापालिकाको केन्द्र जबाङ देखि भोर्नाको दुरी मोटरसाइकलमार्फत १० मिनेटको मात्रै छ ।कट्टेधारा र लखना पनि खासै टाढाको छैन ।तर विकासमा भने यी गाउँहरुलाई पहिल्यै देखि उपेक्षा गरिदै आएको रुन्टीगढी ३ का वडा सदस्य बोमबहादुर पुनले तर्क गरे ।रुन्टीगढी गाउँपालिका र माथिल्लो निकायले लखना,भोर्ना र कट्टेधाराको समग्र विकासका लागि चासो नदिने गरेको उनको गुनासो छ ।`हामि वडा जनप्रतिनिधि हौँ।भोर्नावासी भएकाले स्वयं म आफैपनि अध्याँरोमै छु ।वडापालिकामा विद्युत विस्तारका लागि हामीले धेरैपटक छलफल गरेका छौँ।तर यो कार्य वडाको पहुँचमा रहने कुरो भएन ।गाउँपालिका गम्भीर बनिदिएमा मात्रै संभव हुने थियो भन्ने लाग्छ।हाम्रो यी गाउँहरु सबै कुरामा पहिल्यै देखि पछाडि पर्दै आएका छन्´-वडा सदस्य पुन ।
रुन्टीगढी ३ नं वडा रुन्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता केसीको जन्मगाउँ समेत हो ।लखना र भोर्ना जस्तै आजसम्म पनि अध्याँरो बनिरहेको कट्टेधारा पाल्लिका उपाध्यक्ष केसीको जन्म गाउँ हो ।उनि रुन्टीगढी गाउँपालिका उपाध्यक्षमा निर्वाचित बनेको ३१ महिनासम्म पनि यी गाउँहरु अन्धकारमय बनिरहेका छन्।
किन ढिलाइ भयो लखना,भोर्ना र कट्टेधारा विद्युत सेवा विस्तार कार्य ?
रुन्टीगढी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष गणेश गिरीका अनुसार २०७९/८० शालमा विद्युत पोल र तारहरु विस्तार कार्य पस्चात लाइन छोडिएन ।नेपाल विद्युत प्राधिकरण रोल्पा साखासंग आफूहरूले पटकपटक लाइन सुचारु गर्न अनुरोध गर्दै आएपनि कार्यलयले देखाएको विभिन्न समस्याका कारण विद्युत सेवा सञ्चालन हुन नसकेको बताएका छन् ।`हामीले निर्वाचित भए यता पटकपटक विद्युत प्राधिकरण कार्यालय रोल्पामा ध्यानाकर्षण गराएका छौँ।उहाँहरुले विभिन्न समस्या देखाउनू भयो ।लाइन सुचारु गर्न संभव भएन ।पछि तारहरु लतृन थाले त्यसबारे पनि ध्यानाकर्षण गराइ रहेका हौँ।तर उहाँहरुले चासो दिनुभएको छैन।अब नेपाल सरकारको परियोजना मार्फत आएका पोलहरु सबै ठाउँमा विस्तार गरेपछि लखना,भोर्ना र कट्टेधारा लगायत सबै ठाउँमा विद्युत सेवा सञ्चालन हुन्छ ।म लगातार रुपमा उहाँहरु संग छिटो काम सुचारु गर्न अनुरोध गरिरहेको छु´-वडा अध्यक्ष गिरीले भने ।
यता रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन र नेपाल सरकारका उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काको `हिमचिम´का कारण गत भदौमा रुन्टीगढी भित्र्याइएका भनेर स्टन्बाजी ढंगबाट प्रचारप्रसार गरिएका नेपाल सरकारको ग्रामीण विद्युत विस्तारीकरण परियोजना अन्तर्गत रुन्टीगढी भित्रिएका पोलहरु भोर्नावासीले देख्न पाएका छैनन् ।गत भदौ महिना सुर्पाल बजारमा झारिएका ति विद्युत पोलहरु अझैसम्म यथास्थान मै रहेका छन् ।पोल विस्तार गर्ने कार्यको शुरूवात हुन सकिरहेको छैन ।पालिका अध्यक्ष पुन हिजोआज विभिन्न पार्टीबाट असन्तुष्ट भएर काङ्ग्रेसमा प्रवेश गर्नेहरूलाई स्वागत गर्ने कार्यमा ब्यस्त देखिन्छन् ।उनका सामाजिक संजालमार्फत सार्वजनिक गरिएका पछिल्ला पार्टी प्रवेश गराउँने गतिविधिहरु छर्प्रस्ट देखिन्छन् ।कार्यकालको मध्ये भागमा आइपुगेका पालिका अध्यक्ष पुन आफ्नै पालिका भित्रका दुर्गम वस्तीका स्थानीयहरु विकासका पुर्वाधारहरु बाटै बन्चित बनेर शास्ति र यातना बेहिरी रहँदा पालिका अध्यक्ष पुनले भने अन्य पार्टीबाट काङ्ग्रेस प्रवेश गर्नेहरूलाई आफ्नो कार्यकाल सफलताको प्रमाणका रुपमा सामाजिक संजालमा पोष्ट्याएका छन् ।
स्थानियका अनुसार भोर्नामा खानेपानी,सिंचाइ लगायतका अभाव छन् ।फुसको छानो विस्थान कार्यक्रमले पनि भोर्नालाई छुन नसकेको उनीहरुको भनाइ रहेको छ।
भिडियो