ताजा अपडेट

ब्यबसायी तारा डाँगी र महेन्द्र थापाको टिमद्वारा रुन्टीगढी ५ का श्यामराज रोकाको उपचारका लागि ६० हजार सहयोग हस्तान्तरण

होलेरी- रोल्पाको रुन्टीगढी ५ स्थायी ठेगाना भैइ हाल घोराही १४ शब्जीमण्डी दाङमा तरकारी ब्यबसाय गर्दै आएका ब्यबसायी तारा डाँगी र रुन्टीगढी ७ स्थायी ठेगाना भैइ घोराही १० दाङमा स्वर्गद्वारी कृषि फर्म सञ्चालन गरदै आएका कृषि उद्यमी महेन्द्र थापाको टिमद्वारा रोल्पाका रुन्टीगढी ५ जस्पुर निवासी श्यामराज रोकाको सफल उपचारका लागि ६० हजार ५ सय रुपैयाँ सहयोग रकम सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ ।

२ महिमा देखि जण्डिस,क्षयरोग र अन्य स्वास्थ्य समस्याले थलिएका रोकाको होलेरी खबरमार्फत सोमबारबार सहयोग अपिल गरिएको सामाग्री हेरेर
रुन्टीगढी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगी र निवर्तमान वडा अध्यक्ष यामबहादुर दशौदी रानाको सहभागीतामा ब्यबसायी तारा डाँगीले १० हजार,महेन्द्र थापाले १० हजार,ब्यबसायीहरु श्याम बहादुर सेजवालले ३ हजार १ सय,मजिब रहमान साहले २ हजार १ सय,कुमार घर्ती मगरले ५ हजार,यज्ञ बोहराले १ हजार १ सय,सिता बोहराले १ हजार,ऋषि गिरीले २ हजार ५ सय,रेखबहादुर कार्की २ हजार ५ सय,सुरेन्द्र चौधरीले २ हजार,स्वर्गद्वारी कृषि फर्ममा कार्यरत २० जना श्रमिकहरुबाट एकमुष्ट ५ हजार,टोपबहाफुर बिकले २ हजार ५ सय,गणेश बुढाथोकीले ७ हजार ७ सय,घनश्याम घर्तीले ५ हजार र कृपाराम भण्डारीले १ हजार रुपैयाँ गरि जम्मा नगद ६० हजार ५ सय रुपैयाँ श्याम रोकाकि श्रीमती अनिता रोकालाई हस्तान्तरण गरिएको हो।

होलेरी खबरको सहजीकरण रगेको उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै सहयोगी दाताहरूले विरामी श्यामराज रोकाको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका हुन्।

कार्यक्रममा सहभागी एवं श्यामराज रोका बचाउ अभियानमा लागि परिरहेका अभियानकर्ता निवर्तमान रुन्टीगढी ५ नं वडा अध्यक्ष याम बहादुर दशौदी राना र ५ नं वडा अध्यक्ष गोबिन्द डाँगीले सहयोगी दाताहरुप्रति कृतज्ञता व्यक्त गर्दै अन्य सहयोगी दाताहरू पनि श्यामराज बचाउ अभियानमा जोडिएर उनको जीवन रक्षार्थ भुमिका खेलिदिन अपिल गरेका छन् ।

३३ बर्षिय रोकालाई उपचारका लागि उनका सहिदर भाई सर्वजित रोकाले काठमाडौं पुर्याएका छन् ।निरन्तर उपचारमा करिब २ लाखब बढी रकम सकिएपछि पछिल्लो समय आर्थिक अभावका कारण श्यामलाई दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइ.सि.युबाट परिवारले घर फर्काएको थियो ।

प्रतिक्रिया दिनुहोस