ताजा अपडेट

प्रचारबाजी गरिएका विद्युत पोल अल्पत्र,पार्टी प्रवेश गराउन मै ब्यस्त पालिका अध्यक्ष पुन

होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिकामा गत अशोज महिनामा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको उर्जा मन्त्री दीपक खड्का संगको `हिमचिम´ कारण ल्याइएका विद्युत पोल भन्दै अनावश्यक प्रचारबाजी गरिएका विद्युत पोल अझैसम्म विस्तार गरिएको छैन ।

ग्रामीण विद्युत विस्तार परियोजना अन्तर्गत रुन्टीगढी निर्यात गरिएका पोलहरु तत्कालीन समयमा जून-जून ठाँउमा झारिएको थियो ।अझैसम्म यथास्थानमा अल्पत्र रुपमा रहेका छन् ।

रुन्टीगढी गाउँपालिका वडा नं ३ ला लखना,भोर्ना,रुन्टीगढी ८ का अधिकांश बस्तीहरु अझैपनि अन्धकारमय छन् ।सस्तो लोकप्रियताका निम्ति सामाजिक संजालमा अनावश्यक प्रचारबाजी गर्न माहिर स्थानीय स्थानीय सरकार रुन्टीगढीका जनप्रतिनिधिहरु विद्युत विस्तारमा भने रमिते बनिरहेका छन् ।

यता रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन पछिल्ला दिनहरूमा पार्टी प्रवेश गराउने कार्यहरूमा ब्यस्त देखिन्छन् ।जिम्मेवारी अनुसारका जनताका समस्या समाधान गर्ने बिषयहरु भन्दा विभिन्न दल परित्याग गरि काङ्ग्रेसतिर प्रवेश गराउने कार्यमा ब्यस्त रहेको उनका सामाजिक संजालका प्रतिक्रियाहरु देखिन्छन्।

पालिका अध्यक्ष पुन विकास निर्माणको साटो विभिन्न दलबाट असन्तुष्ट बनेर काङ्ग्रेस प्रवेश गरेकाहरुलाई आफ्नो कार्यकाल सफल भएको मानक ठानेर राजनीति भित्रको राजनीति गर्न तल्लिन देखिन्छन्।यद्यपि उनि निर्वाचित बने यता रुन्टीगढीको मुहार फेरिने गरि कुनै पनि ठोस् परिबर्तन ल्याउन सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस