ताजा अपडेट

रोल्पामा बाटै कार्यकर्ता गुमाउँदै माओवादी,वडा कमिटी अध्यक्ष रोका काङ्ग्रेसमा प्रवेश

होलेरी- नेकपा माओवादी केन्द्रले आफ्नो उद्गमस्थल रोल्पाबाटै कार्यकर्ता गुमाउन थालेको छ ।

सोमबार रुन्टीगढी गाउँपालिका ७ का वडा कमिटी अध्यक्ष होमबहादुर रोकाले नेकपा माओवादी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।उनिसंगै नर्सिङ रोका र एमालेका सदस्य तेजबहादुर पुन लगायतले नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन्।

नेकपा माओवादी केन्द्रका निर्वाचित वडा कमिटी अध्यक्ष रोकाले पार्टी परित्याग गरेपछि रोल्पामा माओवादीको राजनैतिक भविष्यबारे विभिन्न चर्चा चल्न थालेको छ ।यस अघि गत मंसिरमा सम्पन्न उप-निर्वाचनमा रुन्टीगढी ४ को वडा अध्यक्ष पदमा २०७९ शालको निर्वाचनमा २०३ मत प्राप्त गरेको माओवादीले यसपटक भने ७० मत मै खुम्चिन पुगेको थियो ।

काङ्ग्रेस परित्याग गरेका रोका नेकपा माओवादीका पुराना कार्यकर्ता समेत हुन्।

रुन्टीगढीमा नेकपा माओवादी केन्द्रले आफ्नो राजनैतिक जिम्मेवारी र अस्तित्व भुलेर सत्तारुढ दल काङ्ग्रेसको समर्थक मात्रै बन्ने गरेको आरोप बिगतमा रुन्टीगढी एमाले नेताहरूले लगाउदै आएका थिए ।नेतृत्वप्रति असन्तुष्ट बन्दै गइरहेका माओवादीका जिम्मेवार कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्दै जाने लहर देखिएन थालेको छ।

प्रतिक्रिया दिनुहोस