होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले बस सेवा पुनर्सञ्चालनका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।
वडा अध्यक्ष डाँगीले लेखेका छन् -`आम नागरिकले सार्वजनिक बस सेवा पाउनु पर्छ।रुन्टीगढी ५ मा बस सेवा पुनः सञ्चालनमा सम्बन्धित निकायले बेवास्ता गरिरहने हो भने हामि जस्तो सुकै मूल्य चुकाउन तयार छौँ ।´
गत बर्ष रुन्टीगढी ५ नं वडा कार्यालयको सक्रियतामा दाङको घोराही,दुईखोली हुँदै राम्चेबाट धौलाबाङ,दुबिडाँडा हुँदै होलेरी देखि द्वारपानीसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको थियो ।आफ्बो वडाका नागरिकहरु दाङसम्म पुग्नका लागि घण्टौँ पैदल हिडेर होलेरी आउँने बाध्यतालाई नजर अन्दाज गर्दै वडा अध्यक्ष डाँगीले सार्वजनिक बस सेवा सञ्चालन गर्नका लागि बिभिन्न निकायहरूमा धाए ।लामो प्रयासपछि जलजला यातायात प्रालि रोल्पा र राप्ती त्रिसिद्वेश्वरी यातायात प्रालि दाङसंगको समन्वयमा सार्वजनिक बस सेवा दैनिक सञ्चालनमा आयो।बर्षात शुरु भएसंगै उक्त सडक खण्डबाट बस सेवाले निरन्तरता पाउन सकेन ।बर्षात रोकिए पश्चात वडा अध्यक्ष डाँगीले मोटरबाटो मर्मतका लागि बजेट बिनियोजन गरेर मर्मतको काम सम्पन्न गरेपछि मंसिर ८ गते वडा कार्यालयको लेटरप्याडमार्फत जलजला यातायात प्रालिलाई सिफारिस पत्र लेखेको जानकारी दिएका छन् ।
यस बिचमा उनले पटकपटक विभिन्न निकायलाई अनुरोध गर्दासम्म पनि सार्वजनिक बस सेवा पुनर्सञ्चालनमा कसैले शाथ नदिएको भन्दै शुक्रबार आफ्नो आधिकारिक सामाजिक संजाल फेशबूकमार्फत सम्बन्धित निकायलाई चुनौतीसहित ध्यानाकर्षण गराएको बताएका छन् ।