होलेरी- नेकपा(माओवादी)केन्द्र रुन्टीगढी गाउँपालिका रोल्पाको अधिवेशन बिहिबार सम्पन्न भएको छ।
होलेरीमा उपस्थि पार्टीको भेलाबाट देबेन्द्र परियारको अध्यक्षतामा ४१ सदस्यीय गाउँ कमिटी चयन गरिएको नेकपा (माओवादी) केन्द्र रुन्टीगढी इन्चार्ज एवं लुम्बिनी प्रदेश कमिटी सदस्य गोबिन्द पुन (नजर)ले होलेरी खबरलाई जानकारी दिएका छन् ।
उपाध्यक्षमा तुल्सी पुन,इन्द्रकमल बुढा,रुपलाल बि.क.,सचीवमा प्रेम घर्ती,कोषाध्यक्षमा राजेन्द्र घर्ती र सहसचिवमा जङ्ग बहादुर वली चयन भएका छन् । पालिकाका सबै वडा समिटिने गरि पार्टीको विधान अनुरुप समावेशी ढंगबाट नयाँ कार्यसमिति चयन गरिएको पालिका इन्चार्ज पुनले जानकारी दिएका छन् ।