होलेरी- २५ हजार घुस सहित रोल्पा जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंकाल काठमाडौंले प्रेस बिज्ञप्ति जारी गर्दै रोल्पा जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक बुढाथोकीलाई नगद २५ घुस/रिसवत हजारसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको सूचना सार्वजनिक गरेको छ ।
सवारी साधनहरु आवत/जावतमा सहजीकरण गरिदिए वापत घुस/रिसवत माग गरिरहेको भन्ने गोप्य सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग आयोग बुटवल,सम्पर्क कार्यालयबाट खटिएको टोलीले नगद सहित नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।