होलेरी-रोल्पाको रुन्टीगढी ४ को उप-निर्वाचनबाट नेपाली काङ्ग्रेसका उम्मेदवार भुपमणी पुन निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार बेगम पुनले ५३५ मत प्राप्त गर्दा काङ्ग्रेसका उम्मेदवार पुनले ६४३ मत प्राप्त गरेर १ सय ८ मतान्तरले विजयी बनेका हुन् ।
त्यस्तै नेकपा (माओवादी)केन्द्रमा उम्मेदवार नरेश सिंह ठाकुरीले ७० मत प्राप्त गरेका हुन् भने
राप्रपा उम्मेदवारले १०,रास्वपा ७ अ मङ्गोल नेशनल पार्टीका उम्मेदवारले ७ मत प्राप्त गरेका हुन् ।कुल १ हजार दुई सय ९७ मतदान संख्या रहेकोमा २१ मत वदर भएको थियो ।