ताजा अपडेट

ग्रामीण विद्युतीकरण आयोजमार्फत भदौमा रुन्टीगढी आएका विद्युत पोलहरु अझै गाडिएन

होलेरी- गत भदौमा रुन्टीगढीमा ग्रामीण विद्युतीकरण आयोजमार्फत आएका विद्युत पोल अझै गाडिएको छैन ।

ट्रकबाट रुन्टीगढी भित्रीएका उक्त विद्युत पोलहरु झारिएका ठाउँमै रहेका छन् ।पालिकाका विभिन्न वडामा पोलहरु अनलोड गरिएको थियो।विद्युत पोल भित्र्याइदा रुन्टीगढीमा गाउँपालिका अध्यक्ष जनक पुनले उर्जा मन्त्री दीपक खड्कासंगको `हिमचिम´ले पोलहरु ल्याएको भनेर तथ्यहिन प्रचारबाजीहरु समेत ब्यापक गरिएका थिए । यद्यपि नेपाल सरकारको ग्रामीण विद्युतीकरण आयोजमार्फत आएका विद्युत पोलहरु रुन्टीगढी आएको ३ महिनासम्म पनि विस्तार गर्ने र गाड्ने कार्यको शुरूवात गरिएको छैन ।

रुन्टीगढी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष एवं पालिका प्रबक्ता चेतलाल खत्रीले ठेक्का प्रक्रियामार्फत पोलहरु बिस्तार गरिने भएकाले ठेकेदारले विद्युत पोल गाड्नु पर्ने होलेरी खबरसंग बताएका छन् ।

प्रतिक्रिया दिनुहोस