होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ५ वडा कार्यालयले आफ्ना वडापालिका भित्रका सबै आन्तरिक सडक संजालहरु मर्मत गर्ने कार्यको शुरूवात गरेको छ।
पहिलो चरणमा होलेरी धौलाबाङ राम्चे हुँदै दाङ जोड्ने सडक खण्ड मर्मत गर्न जे.सी.बी. डोजर सञ्चालन गरिएको सडक मर्मत उपभोक्ता समिति अध्यक्ष याम बहादुर पुनले होलेरी खबरलाई जानकारी दिएका छन्।बिभिन्न स्थानमा होम पाइप पनि जडान गरिएको उनको भनाइ रहेको छ।
वर्षातका कारण असहज भएका सबै आन्तरिक सडक संजाल चरणवद्व रुपमा मर्मत तथा सरसफाइ गर्ने वडा पालिकाको योजना अनुसार काम अगाडि बढेको रुन्टीगढी ५ नं वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले होलेरी खबरलाई जानकारी दिएका छन्।
सडक मर्मत संगै रुन्टीगढी ५ नं वडा पालिकावासीलाई यात्रामा सहजता थपिने भएको छ।