ताजा अपडेट

होलेरीमा जुवाखालबाट नगदसहित पक्राउ परेका ९ जनालाई २४ घण्टा नबित्दै रिहा गरियो

होलेरी- बिहिबार राती होलेरीको कोहिनुर होटलबाट जुवा खेल्दै गरेको अवस्थामा नगद सहित प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिएका ९ जना ब्यक्तिहरुलाई २४ घण्टा नबित्दै रिहा भएका छन्।

ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक सरोज प्रजापतिका अनुसार चाडपर्वका कारण रोल्पा जिल्ला अदालतका पदाधिकारीहरु विदामा रहने भएकाले उनीहरुलाई हाजिरी जमानतमा थुनामुक्त गरिएको जानकारी दिएका छन्।

जुवा खेलिरहेको अबस्थामा ५ गड्डी तास,९१ हजार छ सय १५ रुपैयाँ नगदसहित ९ जनालाई नियन्त्रणमा लिएको जानकारी जिल्ला प्रहरी कार्यालय रोल्पाले शुक्रबार बिहान सार्वजनिक गरेको थियो।जुवा खालबाट पक्राउ परेकाहरूलाई प्रहरीले २४ घण्टा नबित्दै छाडेको संभवत: जिल्लाकै पहिलो घटना हो।

प्रतिक्रिया दिनुहोस