ताजा अपडेट

एउटै मितिमा २ महोत्सवलाई अनुमति दिएर स्थानीय सरकार त्रिवेणीले युवा जुधायो: संयोजक वली

होलेरी- सयपत्री सदबहार युवा क्लबका अध्यक्ष तथा यहि अशोज २९ गते त्रिवेणी गाउँपालिका वडा नं ३ लिङदुङमा उद्घाटन गरिने प्रथम त्रिवेणी कृषि ब्यापार पर्यटन तथा बृहत महोत्सव २०८१ का संयोजक अर्नुन वलीले स्थानीय सरकारले एउटै मितिमा नजिकैको दुरीमा २ महोत्सवलाई अनुमति दिएर युवा जुधाएको भन्दै आपत्ति जनाएका छन्।

त्रिवेणी गाउँपालिकामा अशोज १८ गते एकै दिन सयपत्री युवा क्लब त्रिवेणी ३ र स्टार्स युवा क्लब त्रिवेणी ५ लाई कृषि ब्यापार र पर्यटन प्रवर्द्धन सहितको सांस्कृतिक कार्यक्रमको अनुमति दिएको थियो।दुई भव्य महोत्सव लाग्ने स्थलको लिङदुङ र जुगारको दुरी करिब ३ किलोमीटरको मात्रै फरक रहेको छ।आफूले केहि साता पहिले अनुमतिका लागि वडा कार्यालयको सिफारिस लगेर पालिका गए पनि पालिका उपाध्यक्ष र अध्यक्ष अन्य कार्यक्रममा पालिका बाहिर रहेकाले सिफारिसमा १८ गते मात्रै कामकारबाही भएको संयोजक वलीले होलेरी खबरसंगको कुराकानीका क्रममा बताएका छन्।

`सयपत्री युवा क्लबको निर्णय अनुसार अलि पहिले नै अनुमति लिन पालिकामा कागजात पेश गरेका थियौँ।स्टार्स क्लबले पनि महोत्सव आयोजना गर्ने योजना बनाएर अनुमति माग गर्यो छ।तर पालिकाले महोत्सवको औचित्य,संभाव्यता,भौगोलिक दुरी र उद्देश्यको कुनै अध्यन नगरेरै दुबै क्लबलाई अनुमति पत्र थमाइ दियो´-संयोजन वलीले भने-स्टार्स क्लबले महोत्सवको आयोजना गर्नु पनि स्वभाविकै र सकारात्मक कुरा हो।तर पालिकाले हामि मध्ये कुनै एक क्लबलाई मात्रै अनुमति दिनु पर्ने हो।उहि मितिमा कार्तिक १ गते उद्घाटन गर्ने गरि हामि दुबै क्लबलाई अनुमति दियो।´

गाउँपालिकाले गैरजिम्मेवारी ढंगले दुई क्लवलाई अनुमति दिएपनि आफू र आफ्नो क्लबले स्टार्स क्लब त्रिवेणी ५ संग साझेदारी गरेर एकै ठाउँमा महोत्सव सञ्चालन गर्न निरन्तर लागि परे पनि त्यो संभावना सफल नभएको उनले बताए।`सहकार्य गरेर त्रिवेणी ३ मा बृहत कार्यक्रम गरौँ भनेको उताका पदाधिकारी ज्युहरुले सहमति जनाउनु भएन।पुर्व निर्धारित कार्यक्रम भएकाले यताका शाथीहरुले नेर्पामा कार्यक्रममा सहमति जनाउने स्थिति बनेन।त्यसैले हामिले कार्तिक १ गते उद्घाटन गर्ने कार्यक्रमलाई अशोज २९ गते औपचारिक रुपमा उद्घाटन गर्ने गरि तयारी गरिरहेका छौँ-संयोजक वलीले भने।

लिङदुङ महोत्सवले स्थानीय उत्पादन खुमाल ४ जातको धानको प्रबर्द्धन गर्ने,अन्य कृषि क्षेत्रमा योगदान,प्याराग्लाइडिङ,खेलाडीहरुलाई सम्मानका शाथै रक्तदान गरेर कार्यक्रम उद्घाटन गर्ने गरि ७५% तयारी गरिसकेको उनले जानकारी दिए।युवाहरू एकजुट बनाएर चौतर्फी सामाजिक विकासको द्वार निर्माण गर्नुको साटो स्थानीय सरकारले नै युवाहरू जुधाउने गतिविधि गरेको भन्दै संयोजक वलीले आपत्ति समेत जनाएका छन्।युवाहरुलाई बाध्यता र विवशता भित्र धकेल्ने चक्र निर्माण गर्नु न्यायोचित गतिविधि नरहेको उनको जिकिर छ।बाँकि रहेको समयमा स्थानीय सरकार त्रिवेणी गाउँपालिकाले लिङदुङ महोत्सव भव्य रुपमा सफल बनाउन दुई महोत्सवलाई एकता गर्न सहजीकरण गरिदिनु पर्ने उनको माग रहेको छ।

प्रतिक्रिया दिनुहोस