होलेरी- वर्षात शुरु भए संगै अवरुद्ध बनेका रोल्पाको रुन्टीगढी गाउँपालिका भित्रका मोटरबाटोहरु चाडपर्व नजिकिदै गर्दा पनि स्थानीय सरकार रुन्टीगढीले खुलाउन चासो दिएको छैन।
गत असार देखि निरन्तर अवरुद्ध रहेको रुन्टीगढी गाउँपालिका वडा नं १ लापलको मोटरबाटो अझै सञ्चालनमा ल्याइएको छैन भने रुन्टीगढी ४ नं वडाको लिघा जाने मोटरबाटो पनि अवरुद्ध रहेको स्थानीयहरु गुनासो गरेका छन्।पछिल्लो समय काम गर्नु भन्दा बढी प्रचारबाजी कार्यमा ब्यस्त बनिरहेको स्थानीय सरकार रुन्टीगढीसंग आफ्नै स्वामित्वमा जे.सी.बी. डोजर समेत रहेको छ।तर सडक खुलाउन भने चासो नदिएको स्थानीयहरुको दुखेसो रहेको छ।
मोटरबाटोहरु निरन्तर अवरुद्ध बनिरहेपछि दैनिक उपभोग्य सामाग्री ढुवानी देखि विरामी पर्दा एम्बुलेन्स सेवाबाट समेत आफूहरु बन्चित हुनु परेको रुन्टीगढी १ र ४ नं वडावासीहरुको गुनासो रहेको छ।गत भदौमा लापलका स्थानीयहरुले सुत्केरी महिलालाई स्टेचरमा बोकेर अस्पतालसम्म पुर्याएका थिए।त्यसयता करिब महिना दिन बित्दापनि स्थानीय सरकारले भने आफ्नो जिम्मेवारी वोध गरेर अवरुद्ध मोटरबाटोहरु खुलाउन तदारुकता देखाएको छैन।सबैभन्दा नजिकको सरकार स्थानीय सरकार रुन्टीगढीको गैरजिम्मेवारीपुर्ण लाचारपनका कारण नागरिकमा शास्ति र नैराश्यता बढेको छ।
शुभकामना