ताजा अपडेट

कपुरकोट गाउँपालिका उपाध्यक्ष भण्डारीद्वारा जन्मदिनको अवसरमा ३ विद्यालय,चर्च र मन्दीरलाई आर्थिक सहयोग

होलेरी- कपुरकोट गाउँपालिका सल्यानका उपाध्यक्ष प्रकाश भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर कपुरकोटका ३ फरक विद्यालय,मन्दीर र चर्चमा आर्थिक सहयोग गरेका छन्।

सनिबार जन्मदिनको अवसरमा गाउँपालिका उपाध्यक्ष भण्डारीले जीवन ज्योति स्वावलम्बी उत्थान कोष वृद्धि महाअभियानमा३३ हजार ३ सय ३३ रुपैयाँ, सरस्वती आधारभूत विद्यालय सहायता कोष मा ११ हजार १ सय ११ रुपैयाँ, कपुरकोट बहुमुखी क्याम्पस सञ्चालन सहयोग ११ हजार ५ सय ५ रुपैयाँ, वीरेन्द्र मावि गर्पा प्लस टु सञ्चालन कोष सहयोग १० हजार १ सय ५ रुपैयाँ, आषिस चर्चमा असहायका लागि सहायता हेतु ४ हजार विस रुपैयाँ र डाँडापोखरा मन्दिरमा घण्ट व्यवस्थापन ५ हजार ५ रुपैयाँ आर्थिक सहयोग गरेको जनाएका छन्।

कपुरकोट गाउँपालिकामा न्यायिक समितिको कार्य सम्पादनमा प्रभावकारी भुमिका निर्वाह गर्न सफल बनिरहेका उपाध्यक्ष भण्डारी आफ्नो कृषि कर्मबाट पनि प्रेरणाका श्रोत बनिरहेका छन्।

शुभकामना

शुभकामना

प्रतिक्रिया दिनुहोस