ताजा अपडेट

नेकपा एमाले त्रिवेणीको दोस्रो अधिवेशन सम्पन्न

रोल्पा (जुगार)- नेकपा एमाले त्रिवेणी गाउँपालिका रोल्पाको   दोश्रो गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न  भएको अधिवेशनबाट कुस बहादुर पुनको अध्यक्षतामा ४७ सदस्यीय गाउँ कमिटी चयन भएको हो ।
गाउँ कमिटिको उपाध्यक्षमा  मानसिंङ घर्ती , सचिवमा लोकबहादुर बुढा र उपसचिवमा निर्मल वली र तेज कुमारी डाँगी  सर्वसम्मत निर्वाचित हुनुभएको नेकपा एमाले त्रिवेणी गाउँपालिका  जुगार रोल्पाले जानकारी  दिएको छ ।


एमालेका पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्ज गोकुल घर्तीको  प्रमुख आथित्यतामा भएको अधिवेशनमा केन्द्रीय सल्लाहकार परिषद् सदस्यद्वय शान्त कुमार वली र कुलान्नद गिरि,  प्रदेश कमिटी उप-सचिव पुर्ण बुढा , प्रदेश कमिटी सदस्य    साबित्रा बुढा घर्ती , प्रदेश कमिटी सदस्य ओमराज घर्ती, जिल्ला अध्यक्ष अमृत बहादुर बुढा, प्रदेश कमिटी सल्लाहकार सदस्य तथा त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगर,  अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सन्तोष बाँठा मगर, जिल्ला कमिटि सदस्य, अन्य भातृ संगठनका प्रमुख तथा प्रतिनिधि  लगायतको आतिथ्यता रहेको थियो ।
अधिवेशन समारोहको अबसरमा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि पाँच जना नेताकार्यकर्ताहरु नेकपा एमालेमा सहमाहित हुनुभएको छ । प्रवेशिहरुमा माओवादीबाट ङनमानसिंङ बुढा, कुल बहादुर परियार, बसन्त वि.क., अमर बहादुर वली र नेपाली काङ्ग्रेसबाट  अमृता भण्डारी रहेका छन् ।
कुस बहादुर पुनको अध्यक्षतामा भएको अधिवेशनको सञ्चालन सचिव लोकबहादुर बुढाले गरेका थिए ।

शुभकामना

प्रतिक्रिया दिनुहोस