होलेरी-राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का रुन्टीगढी गाउँपालिका पार्टी अध्यक्ष बालाराम जि.सी.ले नेपाली काङ्ग्रेस नेतृत्व वर्तमान स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाबाट विकास र परिवर्तन संभव नरेको दावी गरेका गरेका छन्।
जनप्रतिनिधि निर्वाचित भएको दुई वर्षका गतिविधिलाई हेर्दा रुन्टीगढीका जनताका आमूल परिवर्तनका लागि स्थानीय सरकारले कुनैपनी गतिविधि गर्न नसकेको उनको आरोप रहेको छ।होलेरी-स्वर्गद्वारी सडक खण्डको स्तरोन्नतिका स्थानीय सरकारले लागि पहल गर्न नसकेको बताउँदै अध्यक्ष जि.सी.ले प्राथमिक स्वास्थ्य केन्द्रको दयनीय अवस्था बनाएर जनप्रतिनिधि र स्थानीय सरकार लाचार बन्नु गैरजिम्मेवारी कार्य रहेको बताए।समाजमा रोजगारीको वातावरण निर्माण गर्नुको साटो पालिकाका जनप्रतिनिधिहरुले आफूहरु चर्चामा आउने देखावटी कार्यमा व्यस्त रहेको उनले बताएका छन्।
समाजमा रहेको गरिबी,बेरोजगारी हटाउन र समृद्ध समाजको निर्माण गर्न स्थानीय सरकार रुन्टीगढीले कुनै चासो नदेखाएको उनले बताएका छन्।अध्यक्ष जि.सी.२०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालबाट रुन्टीगढी गाउँपालिका अध्यक्षको प्रत्यासी समेत रहेका थिए।
शुभकामना