ताजा अपडेट

रुन्टीगढी ५ बाइजामा विद्युतिय जोखिम, वासघारी छोएर गुज्रदै करेन्ट सहितको तार

होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ५ बाइजा गाउँमा विद्युतको तार बासघारीमा लटपटिएर गुज्रिएको छ।

स्थानियहरुका अनुसार केही दिन अघि हावाहुरीका कारण वासका बोटहरुलच्किएर विद्युतको तार छोएको हो।उक्त स्थानमा निकै ठूलो बासघारी रहेको छ।तार बासमा स्पर्स हुँदा पनि गाउँमा विद्युत भने प्रवाह भैरहेको स्थानिय रुद्रमणी पुनले होलेरी खबरलाई जानकारी दिएका छन्।तार पुरै बासको झाङमा बेरिएको २ साता बढी भयो।त्यसको लगत्तै हामिले जोखिमको त्रासले नोलाइट विद्युत कार्यालय होलेरीमा फोनमार्फत ध्यानाकर्षण गराएका थियौँ।उहाँहरु एक साता अघि अवलोकन पनि गर्न आउँनु भएको थियो।ब्यबस्थापनका लागि भने फर्कनु भएन।बाटो नजिकै छ।मानिसहरु हिडडुल गरिरहनु पर्छ।बालबालिका र पशु चौपायालाई करेन्ट लाग्ला भन्ने त्रास बढेको छ´-उनले भने-`केहिदिन अघि पानी पर्दा उक्त स्थानमा करेन्ट सर्ट भएर आगो बलिरहेको थियो।´

कुनै कारण विद्युत तारले यदि हरियो रुखमा स्पर्श गरेको खण्डमा त्यसको आसपास करेन्ट लाग्ने खत्रा रहन्छ।काँचो रुखले सुचालकको कार्यमा मद्दत गर्ने भएकाले बाइजावासी स्थानियहरु त्रसित बनिरहेका छन्।सम्बन्धित निकायले ब्यबस्थापन गरेर खत्रामुक्त बनाउन यथासिघ्र पहल गर्नु पर्ने उनीहरुको माग रहेको छ।

प्रतिक्रिया दिनुहोस