ताजा अपडेट

घर अगाडिको जिर्ण मालगेरीको रुख ढल्ने जोखिमको त्रासमा रुन्टीगढी ५ बाइजाका स्थानीयहरु

बाइजा- रोल्पाको रुन्टीगढी गाउँ पालिका वडा नं ५ बाइजा गाउँका स्थानिय रुद्रमणी पुनको घर अगाडि ठूलो मालगेरीको रुख छ।

मालगेरीको फल जडीबुटीका रुपमा बिक्ने भएपछि पुस्तौ पुरानो रुख काटछेक गरिएन।गाउँका जेष्ठ नागरिकहरुका अनुसार उक्त मालगेरीको रुख सयौँ बर्ष पुरानो हो।रुद्रमणीका अनुसार प्रत्येक बर्ष घरखर्चका लागि आम्दानी समेत दिदै आएको त्यही ठूलो रुखको गत साउन २५ गते बिहान उत्तर दिशातर्फ रहेको एक तिहाई हिस्सा भाचियो।संयोगले उक्त स्थानमा मानव बस्ती नभएकाले हाँगो मगै बारीमा झर्यो।कुनै भौतिक तथा मानवीय क्षति हुन पाएन।

एक तिहाइ हिस्सा भाचिएको उक्त रुखको बचेको ठूलो हिस्सामा दोद्रो परेको प्रष्ट देखिन्छ।रुख कम्जोर बनिसकेको रुद्रमणी बताउँछन्।रुखको नजिकै दक्षिण पश्चिममा जग्गा धनी रुद्रमणी पुनको घर छ।उत्तर पश्चिममा उनका भाइ दिपक पुनको र दक्षिण पुर्वमा छिमेकी दालमती घर्तीको घर गोठ रहेको छ।कुनै बेला जिबिका चलाउन आयश्रोत दिने त्यही मालगेरीको रुख जिर्ण बन्दै गएपछि रुद्रमणी सहित उनका छिमेकीहरु थप २ घरलाई तनाव र त्रासको कारण बनिरहेको छ।

जोखिम बनिरहेको रुखलाई सहजै ब्यबस्थापन गर्न आफूहरूको पहुँचमा नभएको र स्थानीय सरकार रुन्टीगढी अध्यक्ष जनक पुनलाई गुहार माग्दा उनले पनि आश्वासन मात्रै दिएकाले रुख ढलेर क्षति पुर्याउने त्रासले रातको निन्द्रा खोसिएको रुद्रमणीले दुखेसो पोखे।`रुख निकै ठूलो छ।कम्जोर बन्दै गइरहेको छ।कतिबेला ढल्छ र हामी ३ घरको घर गोठ सहित हामीलाई पनि क्षति पुर्याउँछ भन्ने त्रास बढेको छ-´रुद्रमणीले भने-`मैले वडापालिका पुगेर सिफारिस पनि पालिकामा लगेर पुगे।पालिका अध्यक्ष बिपद ब्यबस्थापनको संयोजक हुनुहुँदो रहेछ।त्यसबेला उहाँ बुटवल पुग्नु भएको रहेछ।आएपछि अवलोकन गरेर उपाय निकस्ल्ने आश्वासन दिनु भएको थियो।त्यस यता पालिका अध्यक्ष ज्युलाई ३ पटक फोन मार्फत हाम्रो जोखिमको सिकार बनेको कुरा जानकारी गराई सके उहाँले आउँछु।शुरक्षित भएर बस्नु होला मात्रै भन्नू हुन्छ।स्थानीय सरकारले चाहेमा जोखियुक्त रुखलाई श्रोत साधनको प्रयोगले सहज ब्यबस्थापन गरेर हामीलाई खतरा मुक्त बनाउन सक्छ होला।तर पालिका हेर्न आइदिनु भएन।हामीलाई झनै जोखिमको पीडा बढिरहेको छ।´

चुडामणी जस्तै उनका छिमेकी दालमती घर्तीले उस्तै त्रासको अवस्था रहेको पीडा सुनाएकी छन्।हाल उनीहरुले अफ्नो पशु चौपायाहरु छिमेकीको गोठमा सारेका छन् तर हालसम्म सम्बन्धित स्थानीयहरु भने स्थानीय सरकारले जोखिम ब्यबस्थापन गरिदिने पर्खाइमा त्रासमा दैनिकी बिताइ रहेका छन्।

प्रतिक्रिया दिनुहोस