ताजा अपडेट

रुन्टीगढी खटाइएका प्रमुख प्रशासकिय अधिकृत चन्द पालिका अध्यक्ष पुनले आलटाल गर्दा शान्ति नगर

होलेरी- नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रोल्पाको रुन्टीगढीका लागि प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएका नेपाल सरकारका राजपत्रांकित तृतीय श्रेणीका अब्बल अधिकृत भेषराज चन्दलाई हाजिर गराउँन रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले आलटाल गरेपछि उनी दाङको शान्तिनगर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नियुक्त भएका छन्।

वातावरण नमिल्दा रुन्टीगढी न आएरै शान्ति नगर सरुवा

नेपाल सरकारका फ्रेश अधिकृत चन्द यस अघि कैलालीको मोहन्याल गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा आफ्नो कार्यकाल बिताएर सु-शासन र पार्दर्शीतामा सघाउ पुर्याएका अब्बल अधिकृतका रुपमा आफ्नो छवि स्थापित गराउन सफल भएका अधिकृत हुन्।

उनी कैलालीको मोहन्याल गाउँपालिका हाजिर भए लगत्तै कर्मचारी अनियमितता,पालिका बसेर वडा गएको टिए.डिए.लिने लिने कर्मचारीहरुलाई चन्दले एकैपटक ३० जनालाई वडामै खटाएका थिए।आर्थिक प्रशासनमा सुदृढ गर्न चन्दले ठूलो योगदान दिए।आर्थिक प्रलोभनमा नपरी उनले पार्दर्शीताको हकमा भ्रष्टाचारमा शून्य सहनशीलताको नितीलाई अगाडि बढाए।पालिकाले खरिद गर्ने १ लाख भन्दा माथिको प्रत्येक सामाग्रीको सार्वजनिक सूचना जारी गरेर जनतामाझ पार्दर्शी गराए।
विदाका दिन वा अन्य दिन सरकारी सवारी दुरुपयोग गर्ने प्रवृत्ति विरुद्ध निर्मम बनेर राज्य कोषको दोहोन र श्रोत साधन दुरुपयोगमा प्रतिबन्ध लगाउँन सफल भएर राज्य र नागरिकलाई सघाऊ पुर्याए।शैक्षिक क्षेत्रमा चन्दले उल्लेखनीय सुधार पुर्याए।हरेक शिक्षक नियुक्तिलाई निस्पक्ष बनाउँन सफल बने।कक्षा ८ को परिक्षालाई चुस्तदुरुस्त बनाउँन पालिकामा एकल परिक्षा निति अगाडि बढाए।चित्तबुझ्दो काम नगरेपछि पालिकाको स्वास्थ्य संयोजकलाई स्वास्थ्य चौकी इन्चार्ज बनाएर खटाउन सफल भए।योजनाका भुक्तानी प्रक्रियाका लागि पालिका पुग्ने उपभोक्ता समितिविरुद्ध कुनै अनियमितता र त्रुटि भएको भए ७ दिन भित्र दावी विरोध गर्न नागरिकहरुमाझ सार्वजनिक सूचना जारी गर्थे।यदि नागरिकले कुनै किसिमको विरोध जनाएमा निस्पक्ष छानबिन काम समिति बनाएर उपभोक्ता समितिलाई पुनः काम गर्न ताकेता गर्दथे।उनी मोहन्याल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत रहँदा चौतर्फी रुपमा जनताका मन जित्न सफल बनेका थिए।सामाजिक बिकृती न्यूनीकरण गर्न विभिन्न अभियान अगाडि बढाए।मोहन्याल गाउँपालिकाको मात्रै होईन उनी कैलाली जिल्लाकै लोकप्रिय अधिकृतका रुपमा परिचित थिए।

उनै अब्बल अधिकृतलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रोल्पाको रुन्टीगढी सरुवा गरेको थियो।तर रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले चन्दलाई हाजीर गराउँन आलटाल गरे।यस्ता अब्बल अधिकृतलाई पालिकामा हाजीर गराएर चौतर्फी सुधारमा सघाउ पुर्याउनुको साटो उल्टै फोन गरेर कतै सुगम यरिया खोज्नुस् भनेर घुमाउरो तरिकाले आफ्नो अस्विकारोक्तीको भाव ब्यक्त गरे ।त्यसपछि उनले रुन्टीगढीको वातावरणको आकलन गरेर दाङको शान्तिनगर गाउँपालिकामा सरुवा मिलाएर उतै कार्यरत भए।`सरकारले रोल्पाको रुन्टीगढी गाउँपालिका सरुवा गरेको थियो।त्यहाँका जनताका सेवा गर्न अक्तियारी दिएको थियो।अध्यक्ष ज्युले फोन गरेर सुविधा सम्पन्न शहरी क्षेत्रतिर खोज्नुस् भन्ने प्रतिक्रिया दिनु भयो।कर्मचारी मान्छे मैले सबै कुरा बोल्न मिल्दैन।परिवार पनि तुल्सीपुर तिर बस्ने भएकाले यतै सरुवा मिलाए।जहाँ बसेर पनि सेवा गर्ने हो`-प्रमुख प्रशासकीय अधिकृत चन्दले होलेरी खबरसंग भने।

नेपाल सरकारको राज पत्रांकित तृतीय श्रेणीका अधिकृत समेत रहेका उनले भने-`जहाँ कार्यरत रहेपनी भ्रष्टाचारमा शून्य सहनशीलता निति मेरो प्राथमिकता हो।स्थानीय तहहरुमा बढ्दो अवस्थामा रहेका बिकृती अन्त्य गरेर नागरिक र राज्यलाई टेवा पुर्याउने हो।जहाँ गएपनी प्रमुख प्रशासकिय अधिकृतकै भुमिकामा काम गर्ने भएकाले सृजित परिस्थितिप्रती मेरो कुनै गुनासो छैन।´

रुन्टीगढी अनियमितता,अपार्दर्शिता र मनपरि जस्ता बेथितिहरुको भुमरीमा रहेको स्थानीय तह हो।यस भन्दा अगाडि पत्रकारलाई प्रलोभन पार्न पालिका अध्यक्ष जनक पुनले फर्जी बिलमा भुक्तानी दिन बारम्बार अनुरोध गर्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीलाई सोधपुछ गर्दा उनले पनि `अध्यक्ष ज्युले कार्यकर्ता टाटुल पार्नलाई त्यसो भन्नू भएको होला बिल लिएर भुक्तानी लग्नु होला भनेर भ्रष्टाचारलाई आमन्त्रण दिन खोजेको अडियो रेकर्ड सहितको सामाग्री गत असारमा होलेरी खबरले सार्वजनिक गरेको थियो।आर.आर.एन संस्थाले गत बैशाखमा रुन्टीगढीका जनप्रतिनिधिहरुलाई कर्णालीको जुम्लासम्म अवलोकन भ्रमण लगेको समय पालिका अध्यक्षकै प्रस्तावमा जनप्रतिनिधिहरु जुम्लाबाट मुगुको रारा भ्रमण गएको २ लाख भार राज्यकोषलाई बोकाउँने निर्णय प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीले सहजै पास गरिदिए।

गत असार १० गते रुन्टीगढी गाउँ सभा सदस्यहरुको उत्पन्न विवादका कारण पालिकाले निर्धारित समयमा बजेट पास गर्न नसक्दा उक्त कुरा उल्लेख गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत डाँगी तत्कालीन समयमा सोही कुरा उल्लेख गर्दै नेपाल सरकारले प्रतिबन्ध लगाएको सामाजिक सञ्जाल टिकटकमा नाचेर भिडियो उपलोड गरे।रुन्टीगढीका जनतामा निराशा छाएको समयमा प्रमुख प्रशासकिय अधिकृत नाचेको भिडियोमा पालिका अध्यक्ष पुनले ताली बजाएर हुटिङ गरिरहेको सुनिन्थ्यो।अधिकार सम्पन्न प्रमुख प्रशासकीय अधिकृत भएर पनि यस अगाडि कार्यरत डाँगीका गतिविधि बारे रुन्टीगढीमा प्रश्नै प्रश्न खडा भए।उनकै कार्यकालमा पशु अधिकृतलाई जिन्सी साखाको जिम्मेवारी दिइयो।रोजगार साह्यकमा नियुक्ति गरिएको कर्मचारीलाई अध्यक्षको सचिवालयको जिम्मेवारी दिइयो।महिला नगर प्रहरीको नतिजा गायब बनाइयो।सरकारी मोटरसाइकल र सवारी दुरुपयोग मनपरि गरिए।करारमा काङ्ग्रेस कार्यकर्तालाई नियुक्ति गर्न सघाएको आरोप पनि उनीमाथि लागेको थियो। उनको कार्यकालमा रुन्टीगढीको प्रशासन क्षेत्र फितलो बनाइयो।

प्रमुख प्रशाकिय अधिकृत डाँगीले पालिका अध्यक्ष पुनको सोकिय सचीव जसरी काम गरेको आरोप उनीमाथी लाग्ने गरेको थियो।यसै कारण चन्द कस्तो अब्बल निस्पक्ष र व्यावसायिक अधिकृतलाई रुन्टीगढी अध्यक्ष पुनले हाजिर गराउँन आलटाल गरेको हुनसक्ने कतिपय सचेत स्थानियहरुको अनुमान रहेको छ। चन्द जस्तो अब्बल अधिकृतलाई राजनैतिक र विभिन्न स्वार्थमा गुमाउनु रुन्टीगढीको समग्र सकारात्मक परिबर्तनको हित बिपरित दुर्भाग्यपुर्ण रहेको जानकारहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस