होलेरी- तत्कालीन माओवादी १० बर्षे जनयुद्धको उद्गम अथल होलेरीमा २०७४/०७५ मा स्थानीय सरकार रुन्टीगढीले निर्माण गरेको शान्ति स्मारिका जिर्ण बन्दै गएको र स्थानीय सरकारबाट संरक्षण नगरिएकोप्रति नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य गोबिन्द पुन (नजर)ले आक्रोशित हुँदै खेद प्रकट गरेका छन्।

तत्कालीन माओवादी १० बर्षे जनयुद्धको नेतृत्व माओवादी पार्टीले गरेपनी यो सिङ्गो राज्यको लागि भएकाले जनयुद्धलाई माओवादीको मात्रै जसरी नजरअन्दाज गर्न नमिल्ने बताएका छन्।जनयुद्ध अगाडि समाज र मुलुकमा कस्तो अवस्था थियो?समाजमा रहेको वर्गसंघर्ष,जातीय विभेद,सोशण विरुद्ध माओवादीले उत्पिडित बर्गको प्रतिनिधित्व गर्दै महान जनयुद्धको शुरूवात गरेको थियो।जसको बलमा संघियता,धर्म निर्पेक्षता र गणतन्त्र प्राप्त भयो।जनयुद्धका क्रममा माओवादीबाट भन्दा बढी सर्वसाधारणहरु राज्यले बिनाकारण मारेको छ।अनि माओवादी जनयुद्धलाई संविधानले प्रस्तावित रुपमा स्विकार गरेको कुरालाई अप व्याख्या गरेर बङ्ग्याउन प्रयास गरेर हुन्छ?नेता पुनले प्रश्न गरे।

होलेरीमा २०५२ शाल फागुन १ गते प्रहरी चौकी आक्रमण गरिएकै स्थलमा निर्माण गरिएको शान्ति स्मारिका बिगत ३ बर्ष देखि संरक्षण अभावमा स्तम्भमा लेखिएका सहिदहरुका नामावली मिटिने क्रममा पुगेका छन्।सनिबार उक्त शान्ति स्मारिकाको स्थलगत अवलोकन गर्दै नेता पुनले आफूहरूले स्तम्भ मर्मत गरेर संरक्षण गर्न पटकपटक स्थानिय सरकालाई आग्रह गरेपनी हालसम्म मर्मत नगरिनु शुखद पक्ष नरहेको बताए।अब पनि स्थानिय सरकारले मर्मत नगरे माओवादी केन्द्रले परिबर्तनकारी इतिहासको निशानी संरक्षण आफै गर्ने शहिदहरुको सम्मानमा कमि आउँन नदिने बताउँदै उनले माओवादी तत्कालीन १० बर्षे जनयुद्धकै बलमा प्राप्त संघीय गणतन्त्रमा स्थानिय सरकार गाउँपालिकाको कुर्सीमा बस्नेहरूले आजको ब्यबस्थाको आधार केन्द्र माओवादीको योगदान नविर्शन चेतावनी दिए।बारम्बारको अनुरोध नजरअन्दाज गरिएको बताए।त्यसको हिसाब जनताले गर्ने दावी गरे।`यस शान्ति स्मारिका संरक्षण गर्ने हो भने इतिहासको जानकारी र पर्यटन प्रबर्द्धनको महत्वपूर्ण स्थल बन्ने कुरामा दुईमत छैन।यहाँ लेखिएको जम्मा ३९ जना सहिदहरु मध्ये १ जना बाहेक बाँकि ३८ जनालाई तत्कालीन राज्य पक्षले घरमा काम गरिरहेका सर्वसाधारणहरुलाई निहत्था हत्या गरेको थियो।उहाँहरुको न्याय र सम्मानका लागि देशकै महत्वपूर्ण इतिहास बोकेको स्थल स्थानीय सरकारले गर्नु पर्ने हो।गरेन भने यसको उचित मुल्यांकन आम जनताले गर्नेछन्।स्थानीय सरकारले मठमन्दिर,चर्च निर्माण गर्छ।पर्यटन प्रबर्द्धनका नाममा अनावश्यक ठाउँमा पैसो खन्याउँछ।तर पर्यटन आकर्षित गर्ने यस्तो महत्वपूर्ण स्थानको संरक्षण गर्न सकेन भने लाज माओवादीलाई हुँदैन।लाज स्थानीय सरकारलाई लाग्नु पर्ने हो।त्यसको परिणाम एक दिन सचेत जनताले अवश्य दिनेछन्´-उनले भने।

माओवादी केन्द्रले पुनः शान्ति स्मारिका मर्मतका लागि स्थानीय सरकारलाई आग्रह गरेर कुनैपनी हालतमा इतिहासको मेटिन नदिने उनको भनाइ रहेको छ।
भिडियो