होलेरी-गत मंगलबार स्थानीय सरकारले जनहित बिपरित कार्य गरेको भन्दै १५ दिने अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र लगेर स्थानिय सरकार रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको कार्यकक्षमा पुगेका रुन्टीगढी एमाले गाउँ कमिटी अध्यक्ष अमराज बस्नेत सहितका स्थानिय नेताहरूलाई पालिका अध्यक्ष पुनले उल्टै ध्यानाकर्षण गराएर पठाएका छन्।
अध्यक्ष पुनले ज्ञापन पत्र ग्रहण गर्दै सभ्य र नरम भाषामा करिब ४५ मिनेट बढी एमालेका नेता कार्यकर्ताहरुलाई स्थानीय सरकारको बारेमा सकारात्मक कुराहरूमा ध्यानाकर्षण गराएर पठाएको उनले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेको त्यस सम्बन्धि भिडियोमा स्पष्ट देखिन्छ।पालिका अध्यक्ष पुनले शुरुमै आफूले कार्यकक्षमा राखेको नेपाली काङ्ग्रेसका संस्थापक बिपी कोइरालाको तस्वीर सिकाउँदै काङ्ग्रेस पार्टीको आदर्शताको बारेमा एमाले नेताहरूलाई पाठ सिकाएको भिडियोमा स्पष्ट देखिन्छ।त्यसपछि उनले स्थानिय सरकारको गतिविधि बारे एमाले भ्रम चिरेर स्पष्ट हुनु पर्ने भन्दै उनीहरुका कतिपय मागहरू उनीहरुकै अगाडि खण्डन गरिदिए।उनले एमालेले आफूले दावी गरेको जस्तो पार्टी एमाले नरहेको समेत बताइदिए।
पालिका अध्यक्षको सम्मुख वसेका रुन्टीगढी एमाले अध्यक्ष अमराज बस्नेत भने पालिका अध्यक्ष पुनको तर्कहरुको खण्डन गर्न नसकेर सहज स्विकारिक्तीका शाथ सहमति जनाइरहेको देखिन्छ।पालिका अध्यक्ष पुनले सोही दिन ४ चरण एमाले रुन्टीगढीलाई दिएको स्पष्टीकरणको भिडियो आफ्नो सामाजिक संजालमार्फत दिएपछि सामाजिक संजालमा ज्ञापन पत्र बुझाउन पुगेको एमालेलाई अध्यक्ष पुनले उल्टै राजनैतिक क्लास दिएर पठाएको टिप्पणीहरु जनाइएका थिए।
भिडियो हेर्न link click गर्नुहोस्
https://www.facebook.com/share/v/nEqfxQuPV2recQNA/?mibextid=oFDknk