होलेरी- नेकपा (एमाले)रुन्टीगढी गाउँपालिकाले १५ दिने अल्टिमेटम दिएर स्थानीय सरकार रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनलाई ज्ञापन पत्र बुझाएको छ।
मंगलबार नेकपा (एमाले)अध्यक्ष रुन्टीगढी गाउँ कमिटी अध्यक्ष अमराज बस्नेतको हस्ताक्षर रहेको ११ बुदे माग रहेको ज्ञापन पत्र अध्यक्ष बस्नेत सहित नेकपा (एमाले)रोल्पा जिल्ला सचीव नेप बहादुर थापा,गाउँ कमिटी सचीव मिनबहादुर महरा,कार्यकर्ताहरु राजन घर्ती,पुर्ण कवर,सुर्य बुढा लगायत गाउँपालिकामा पुगेर अध्यक्ष पुनलाई ज्ञापन पत्र बुझाएको वडा नं ९ का पार्टी कमिटी अध्यक्ष राजन घर्तीले होलेरी खबरलाई जानकारी दिए।
हिजोको तत्कालीन नेकपा एमालेको सरकारको चर्को आलोचना र विरोध गरेर लोकप्रिय बनेर गाउँपालिका अध्यक्ष निर्वाचित भएपनी हालका नेपाली काङ्ग्रेस रुन्टीगढीका सभापति जनक पुनले परिवर्तनका कार्य गर्नुको साटो बेथितिलाई प्रशय दिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
पालिका अध्यक्ष पुनले आफ्ना गतिविधि नसच्याए नेकपा एमाले रुन्टीगढीले बिज्ञप्तिमा उल्लेख गरिए जस्तै जनता पक्षमा थप कार्यक्रम गर्ने नेकपा एमाले रुन्टीगढी गाउँ कमिटी सचीव मीन बहादुर महाराले चेतावनी दिएका छन् ।