होलेरी- राष्ट्रिय युवा संघ रुन्टीगढी सचिब तथा नेकपा एमाले प्रचारप्रसार बिभाग रुन्टीगढी प्रमुख ओम दशौदीले रुन्टीगढी स्थानिय सरकार युवा र समाजको उत्थानका बिषयमा लाचार रहेको बताएका छन्।
होलेरी खबरसंगको संवादमा दशौदीले अघिल्लो पटक नेकपा एमाले सरकारको चर्को बिरोध गरेरै उदायका हालका पालिका अध्यक्ष जनक पुनले युवाहरूले चित्त बुझाउन सक्ने गरि कुनैपनी बिकास र परिबर्तनका कार्य गर्न नसकेको दावी गरेका हुन्।प्राथमिक स्वास्थ्य केन्द्र होलेरीसम्मको मोटरबाटो कालोपत्रे अल्पत्र,स्वास्थ्यकर्मी बिहिन रहेको बताउँदै उनले हाटबजार सम्म गाउँ-गाउँ बाट जोडिएका सडकहरुका अवस्था जिर्ण रहेको बताए।
`अहिलेको स्थानिय सरकारले गरेको परिबर्तन मध्ये हाट बजार सञ्चालन ल्यायौँ भनेको सुन्छु।तर सिङ्गो स्थानिय सरकारले हाट बजार सिकाएर जिम्मेवारीबाट पन्छिन मिल्दैन´- दशौदीले भने ।उनले हाट बजारमा पालिका अध्यक्ष जनक पुनले दुई वटा स्टल कब्जा गरेको लगायतका आरोप लगाएका छन्।बिगतमा एमाले नेतृत्व स्थानिय सरकारले भवन अभाव कारण अध्यक्ष,उपाध्यक्ष,प्रशासकीय प्रमुख,लेखा अधिकृतले शुरुमा एउटै कार्यकक्षबाट काम गरेको बताउँदै एमाले सरकारले नै पालिकामा संरचना निर्माण गरि गाउँ-गाउँसम्म मोटरबाटो निर्माणका शाथै वडा कार्यालय भवन र बर्थिङ सेन्टरहरु निर्माण गरेको बताए।पर्यटनका कार्यक्रम सहित २ पटकको कोरोना महामारी ब्यबस्थापन पनि एमाले सरकारले गरेको बताउँदै बर्तमान सरकारले गरेका कार्य अघिल्लो स्थानिय सरकारसंग तुलना गर्न नसकिने बताए।
स्थानिय सरकार असफल भएपछि समग्र रुन्टीगढीवासी असफल हुने भएकाले युवा नेतृत्वले युवाहरूको समेत साख जोगाएर स्थानिय सरकारले परिबर्तनका कार्य गर्नु पर्ने बताएका छन्।एकल प्रवृत्ति हावी गराएर बेथिति मौलाउँदै गएमा राष्ट्रिय युवासंघ जनता अधिकारका सवालमा मौन नबस्ने चेतावनीसमेत दशौदीले दिएका छन्।
भिडियो