ताजा अपडेट

स्थानिय सरकादेखी सिङ्गो राज्य नै युवाहरुका लागि निरीह बन्यो : विश्वकर्मा

होलेरी- नेपाली काङ्ग्रेस रोल्पा प्रदेश (ख)का सह सचीव हरी विश्वकर्माले समाजमा युवाहरूको अवस्था चिन्ताजनक रहेको बताएका छन्।

होलेरी खबरसंगको कुराकानीका क्रममा समाजसेवी तथा राजनितीज्ञ विश्वकर्माले युवाहरूलाई विदेश प्लायन हुनबाट रोक्न ३ तहकै सरकार निरीह बनिरहेको बताएका हुन्।चुनावी समयमा युवाहरूलाई दलहरूले थुप्र आश्वासन दिने गरेपनी सरकारमा गएपछी युवाहरुलाई लत्याउने गरेको बताएका छन् ।उनले युवाहरू आफ्नो अधिकार प्राप्तिका लागि राजनैतिक बिचार र विभिन्न ब्यक्तिगत स्वार्थ भन्दा माथी उठ्न आवश्यक रहेको बताए।`नेपाली राजनीतिबाट युवाहरूलाई आत्मनिर्भर बनाउने गतिविधि हुन्छ जस्तो संकेत देखिदैन।हामी युवाहरूले पनि सामाजिक परिबर्तनका लागि एकताबद्व भएर अधिकार माग नगर्दासम्म अवस्था परिबर्तन हुन सक्दैन।सानो व्यावसाय गर्न पनि युवाहरूसंग लगानी अभाव छ। आत्मनिर्भर बन्नलाई कठिनाई छ-विश्वकर्माले भने।

स्थानिय सरकार रुन्टीगढीबाट २ बर्षमा होलेरी-प्राथमिक स्वास्थ्य केन्द्र मोटरबाटो कालोपत्रे र कृषि हाट बजार सञ्चालन जस्ता कार्य गरेता पनि सन्तुष्ट बन्न सकिने गरि युवा लक्षित कार्य हुन नसकेको बताए।विश्वकर्मा अघिल्लो स्थानिय सरकारको सबैभन्दा चर्को आलोचना र विरोध गर्ने युवा हुन्।तर पछिल्लोसमय हालको स्थानिय सरकारले पनि युवा,दलित,महिला लगायतलाई सशक्तीकरण गर्ने कुनै पनि कार्यक्रम ल्याउन नसकेको बताए।समग्र समाजको मुहार फेर्न समाजका युवाहरू ब्यक्तिगत रुपमा सबै स्वार्थ त्यागेर समाजकै हितका लागि एक ढिक्का हुनुपर्ने उनको भनाइ रहेको छ।

भिडियो

प्रतिक्रिया दिनुहोस