होलेरी-रोल्पाको रुन्टीगढी ७ सतिममा स्थानिय युवा कृषक नर्सिङ रोकाले करिब ६० रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गरेका छन्।
कुनै बेला बाझो रहेको जमिन लिजमा लिएर कृषक रोकाले विभिन्न तरकारी खेती गरेर हरभरा बनाएका बनाएका छन्।टमाटर,बन्दा,खुर्सानी,काउली,मुला लगायतका तरकारी खेती गरेर उनले सबैको ध्यान तानेका छन्।हाल उनको व्यावसायिक कृषि अवलोकन गर्न प्रत्येक दिन स्थानीयहरु पुग्ने गरेका छन्।बिगतमा ३६ महिना साउदी अरब रोजगारीका लागि पुगेका नर्सिङलाई वैदेशिक रोजगारीबाट जिबनस्तर उकास्न मुस्किल हुने संभावना देखे।मासिक ३०/३५ हजारको पारिश्रमिकतामा दैनिक १८ घण्टा बढी श्रम गर्नु पर्ने भएपछि उनी वैदेशिक रोजगारीबाट घर फर्किए।
उनले साउदीमा गरेको त्यो कडा मिहेनत आफ्नै खेतबारीमा गर्ने योजना बनाएर कृषि खेतीमा लागे।कृषिबाट संतोषजनक आम्दानी हुन थालेपछि नर्सिङले यस बर्ष सतिमको ठूलो फाँट लिजमा लिएर कृषि कर्म अगाडि बढाएका छन्।खेतबारीमा थोरै तरकारी खेती गर्दा कम उत्पादन हुने भएपछि करिब ६० रोपनी जग्गा लिजमा लिएर व्यावसायिक खेती गरेको उनले बताए।`थोरै जमिनमा खेती गर्दा खेरीपनी उहीँ समय र मिहेनत लाग्ने हो।र व्यावसायिक रुपमा खेती गर्दा पनि उहीँ समय खर्चनु पर्ने हो।त्यही भएर मैले यस बर्ष जमिन लिजमा लिएर पुरै कृषि कर्मलाई स्थान दिने निधो गरे।मिहेनत गरे सफल भैइन्छ भन्ने विश्वास छ´-रोकाले भने।
कुनैबेला रोजगारीको खोजीमा साउदीको तातो घाममा मज्दुरी गरेका नर्सिङले अहिले आफैले शुरूवात गरेको तरकारी खेतीको हेरचाह गर्न ५ जनालाई रोजगारी दिएको बताए।कतिपय तरकारीहरु उत्पादन हुन शुरु भैसकेका छन्।यहाँसम्म आइपुग्दा करि साढे ६ लाख लगानी गरिसकेको उनको भनाई रहेको छ।लाखौं रकम खर्च गरेर वैदेशिक रोजगारीका लागि विदेश प्लायन हुने युवाहरुलाई नर्सिङले उक्त रकम स्वदेशी भुमिमै कृषिमा लगानी गरेर व्यावसायिक खेती गर्न शुझाव दिन्छन्।वैदेशिक रोजगारीमा रहेको त्यो क्षणलाई स्मरण गर्दै उनले अहिले धेरै गुणा आत्म सन्तुष्टि मिलेको अनुभव सुनाए।नर्सिङले आजकाल सम्पुर्ण युवाहरूहरुलाई व्यावसायिक कृषि खेतीमा लाग्न सुझाव दिने गरेको बताए।
शुक्रबार रोकाको तरकारी खेती अवलोकन गर्न पुगेका रुन्टीगढी ७ का वडा अध्यक्ष टेकलाल पुनले पनि नेपाल कृषि प्रधान मुलुक भएकाले युवाहरुले रोजगारी खोज्न टाढा जान नपर्ने बताए।रुन्टीगढी ७ कृषिका लागि उर्वर भुमि रहेकाले कृषक नर्सिङको उदाहरण दिदै व्यावसायिक कृषीमा लाग्ने युवाहरूका लागि आवश्यक साह्यता गर्न वडा कार्यालय तत्पर रहेको बताए।
भिडियो