ताजा अपडेट

प्रा.स्वा.के होलेरीको हविगत: माओवादी मौन,स्थानीय सरकार र एमाले कर्मचारी विवादमा ब्यस्त

होलेरी-रुन्टीगढी गाउँपालिकाको केन्द्र होलेरीमा रहेको दक्षिण रोल्पाकै ठूलो प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा महिनौं देखि फार्मेसिस्ट अभाव फार्मेसी बन्द र डाक्टर अभावमा गुज्रि रहेको छ।

स्थानिय सरकार रुन्टीगढी गाउँपालिका कर्मचारी बर्खास्त गर्नमा ब्यस्त छ भने कर्मचारीहरु बर्खास्त गरिदा स्थानिय सरकार लक्षित चेतावनीमूलक बिज्ञप्ती सार्वजनिक गरेको नेकपा एमाले रुन्टीगढी प्राथमिक स्वास्थ्य सेवाबिहिन बन्दै गएकोबारे भने नेकपा एमाले रुन्टीगढीले दोहोर्याएर चुइक्क बोल्न सकिरहेको छैन।यस बिषयमा नेकपा माओवादी केन्द्र रुन्टीगढी भने मौन बसिरहेको छ।जनताका प्रत्येक्ष अधिकारका बिषय र सामाजिक मुद्दामा रुन्टीगढी माओवादी पार्टीको अस्तित्व शून्य जस्तै रहेको छ।

स्थानीय सरकारमा प्रतिपक्षको अवधारणा छैन।यद्यपि यस बर्ष असन्तुष्ट गाउँसभा सदस्यहरु र पालिका अध्यक्ष पक्षको सृजित विवादले निर्धारित समयमा गाउँ सभा सम्पन्न हुन सकेको थिएन।यस संगै अघिल्लो कार्यकाल नेकपा एमाले नेतृत्व स्थानीय सरकारको गतिविधि विरुद्ध हालका पालिका अध्यक्ष पुनको नेतृत्वमा नेपाली काङ्ग्रेस रुन्टीगढीले पटकपटक ध्यानाकर्षण,दवाब र विरोध प्रदर्सन गरेका नजिर रुन्टीगढीमा नभएका भने होइनन्।

पछिल्लो समय स्वास्थ्य संस्था जस्तो संवेदनशिल क्षेत्रमा गत चैतबाट बन्द रहेको फार्मेसी र करिब महिना दिन देखि डाक्टरबिहिन बनाइएको जस्तो गैरजिम्मेवारी र नागरिकका अधिकारमाथिको खेलवाडमा न त स्थानिय सरकार रुन्टीगढी गम्भीर बन्न सकेको छ।न त औपचारिक रुपले राजनैतिक दलहरूले नै बोल्न सकेका छन्?सर्वसाधारण नागरिकहरुले राज्य प्रदत्त आफ्नो मौलिक हक अधिकारबाट बन्चित बनिरहेका छन्।२१ औं शताब्दीको आजको युगमा देखिएको लापरबाहील लोकतन्त्र र सुशासनको धज्जी उडाउने गैरजिम्मेवारीपुर्ण नियति निर्माण भैरहेको छ।

प्रतिक्रिया दिनुहोस