होलेरी- प्राथमिक स्वास्थ्य केन्द्र होलेरी सेवाविहिन बन्दै गइरहेको छ।
प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा फार्मेसी महिनौं देखि बन्द रहेको छ।अस्पतालमा औषधि र स्वास्थ्य सामाग्रीहरुको अभाव छ।जचाँउन जाने विरामीले अधिकांश औषधिहरु निजी क्लिनिकहरुबाट किन्नु पर्ने बाध्यता रहेको छ।
रुन्टीगढी गाउँपालिकाले यस बर्ष करार सम्झौता नविकरण नगरिदिँदा करारमा कार्यरत डाक्टर एकता गिरी अन्यत्र सरुवा भएर गएपछि हाल प्राथमिक स्वास्थ्य केन्द्र अहेबहरुको भरमा गुज्रि रहेको छ।रुन्टीगढीका नागरिकहरु आकस्मिक स्वास्थ्य समस्यामा हजारौं पैसो खर्च उठाएर दाङ उपचार गर्न जानू पर्ने बाध्यता रहेको छ।अर्कोतिर डाक्टर अभावमा दुर्घटनावस हुने मृत्युुमा शव पोस्टमार्टम गर्न ठूलो मात्रामा खर्च उठाएर दाङ लैजानु पर्ने बाध्यता रहेको छ।
जनता व्ल्याकमेलिङ गर्दै पालिका अध्यक्ष पुन
रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले स्वास्थ्य संस्थाको हालत दयनीय बन्दै जाँदा महिनौ देखि फार्मेसिस्ट लिएर फार्मेसी सञ्चालन गर्ने र नयाँ डाक्टर नियुक्ति गर्ने कुरामा गम्भीर देखिन्नन्।सरकारी स्वास्थ्य संस्था जस्तो आकस्मिक जेवा प्रदायक संस्थामा सर्वसाधारण नागरिकहरु सबैभन्दा बढी सेवा लिन आउँने गर्दछन।त्यसमा पनि गरिब,बिपन्न र कम आर्थिक अवस्थाका नागरिकहरुले सेवा लिने गर्दछ्न्।यदि अध्यक्ष पुन यस बिषयमा गम्भीर रहन्थे भने यति लामो समयसम्म अस्पतालको अवस्था लथालिङ्ग बन्ने थिएन भन्ने आम नागरिकको गुनासो रहेको छ।
समस्याको समाधान गर्ने प्रयास गर्नु परैको कुरा हो अध्यक्ष पुन जनताको मनोबिज्ञानसंग खेलिरहेका छन्।जिम्मेवारीका हिसाबले गर्नै पर्ने र हुनैपर्ने कामहरू गर्दा पनि उनले सामाजिक संजालमा फोटो भिडियो पोस्ट गरेर सर्वसाधारण नागरिकहरुमाझ भ्रम छर्ने चेष्टा गरिरहेका छन् ।अर्को तिर काठमाडौँ पुग्दा नेता तथा मन्त्रीहरुसंग फोटो खिचेर उनले रुन्टीगढी उनैले बनाइ देलान् जसरी पोस्ट गरेका हुन्छन्।अध्यक्ष पुन स्टन्डबाजी र देखावटी कार्य गर्न माहिर रहेको कतिपयको टिप्पणी छ।सर्वसाधारण जनताहरुलाई राज्यले प्रदान गरेको आफ्नो सहज अधिकारको पर्खाईमा रहेका छन्।पालिका प्रमुखले को संग भेट्छ?३ बर्षपछि पालिका प्रमुखमा को आउँछ?जस्ता कुराहरूसंग सर्वसाधारणको कुनै सम्बन्ध हुँदैन।उनको देखावटी कुरा भन्दा व्यबहारमा उतारेपछी सेवाका अधारमा जनताले स्वच्छ मुल्यांकन गर्ने हुन्स।रल र सहज तरिकाले स्वास्थ्य सेवा पाउनु नागरिकको प्रतीक्षाको महत्वपूर्ण बिषय हो।हिजो आज अध्यक्ष पुन काठमाडौं पुगेर नेपाली काङ्ग्रेसका नेता एवं स्वास्थ्य मन्त्री प्रदीप पौडेलसंग फोटो खिचेर `थाह छैन थप केही प्राप्ति होस् नहोस्।तर मेरा कर्महरु कहिल्यै बिचलित हुने छैन।रुन्टीगढी स्वास्थ्यबारे थप केही ´लेखेर सामाजिक संजालमा पोस्ट गरेका छन्।संघीय राजधानी पुगेर उनले नेताहरूसंग फोटो खिचेर देखाउने शृङ्खला भने यो पहिलोपटक होईन।यस अगाडि थुप्रैपटक गरेका छन्।यद्यपि परिबर्तन भने काठमाडौबाट रुन्टीगढी आउँन सकिरहेको छैन। रुन्टीगढीमा स्वास्थ्य संस्थाले राज्य प्रदत्त अधिकार कार्यान्वयनको पर्खाईमा रहेको छ।पालिका अध्यक्ष पुन स्वास्थ्यमन्त्री फोटो खिचेर थप नयाँ भनेर अपुस्ट रुपमा रुन्टीगढीका सोझासाझा जनताहरुमाथी मनोबैज्ञानिक ब्ल्याकमेल गरेका छन्।पालिका अध्यक्ष पुनले आफ्नै पार्टीका नेता समेत रहेका स्वास्थ्यमन्त्रीलाई भेटेपछिको ठोस उपलब्धि के भयो?भन्ने खुलाउन सकेका छैनन्।यद्यपि प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था झन् झन् खस्किदो रहेको छ।
