ताजा अपडेट

एका बिहानै रुन्टीगढी अध्यक्ष पुनको उद्घोष : `हामि देश बनाउँछौँ´

होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले आफूहरूले देश बनाउने बताएका छन्।उनले शुक्रबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत यस्तो उद्घोष गरेका हुन्।

होलेरी -ग्वारखोला सडक अन्तर्गत गैरी खोला,झेनाम खोला धोरबाड् खोला गरि ३ वटा पक्की पुल,बलबाड- सालिबाङ मेलटाकुरा- भफल्लेखोला सम्म जोखिम युक्त सडक खण्ड स्तरोन्नति र मेसिनरी वाल निर्माण गरेर पक्की नाला,होमपाईप र याबिङ वालको ठेक्का प्रक्रिया अगाडी बढेको जानकारी गराउँदै अध्यक्ष पुनले आफूझरुले देश बनाउने जानकारी गराएका छन्। गैरीखोला – तल्लो बलबाङ खण्डको खेतान क्षेत्रको लागी ९७ लाखको ठेक्का आव्हान भईसकेको पनि उनले जानकारी दिएका छन्।रानीबास खोलामा पक्की पुल ठेक्काको लागी प्रदेश सरकार र संघिय सरकार संग छलफल भईरहेको अध्यक्ष पुनले सामाजिक संजालमा उल्लेख गरेका छन्।
यसका शाथै अध्यक्ष पुनले आफैले फिता समाएर मोटरबाटो र खोला नापजाँप गरिरहेको भिडियो पनि सार्वजनिक गरेका छन्।

होलेरी-ग्वारखोला रणनीतिक सडक खण्ड संघीय सरकारको बजेटले होलेरी देखि अगाडि ५ किलोमीटरसम्म कालोपत्रे सम्पन्न भएपनी अन्य खण्ड बर्षातमा दयनीय बन्दै आएको छ।

प्रतिक्रिया दिनुहोस